रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुर्खेतको सभापतिमा रमेशकुमार सापकोटा पुनः निर्वाचित भएका छन्।
- पार्टी भेलाले उनलाई दोस्रो कार्यकालका लागि जिल्ला सभापतिको जिम्मेवारी दिएको छ।
- सापकोटा सुर्खेतबाट रास्वपाबाट निर्वाचित हुने एकमात्र प्रतिनिधिसभा सदस्य हुन्।
कर्णाली । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सुर्खेत जिल्लाको सभापतिमा रमेशकुमार सापकोटा पुनः निर्वाचित भएका छन् ।
पार्टीको आइतबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित जिल्ला भेलाले सापकोटालाई पुनः जिल्ला सभापतिको जिम्मेवारी दिएको हो । पार्टी सङ्गठन विस्तार, जनसम्पर्क तथा स्थानीय तहसम्म सङ्गठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गरेका कारण उहाँलाई दोस्रो कार्यकालका लागि जिल्लाको नेतृत्व गर्ने जिम्मेवारी दिइएको बताइएको छ ।
रास्वापको स्थापनादेखि सुर्खेतको नेतृत्व गर्दै आएका सापकोटा गएको फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सुर्खेत क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी कर्णाली प्रदेशमा रास्वपाबाट निर्वाचित हुने एक मात्र प्रतिनिधिसभा सदस्य हुन् ।
सभापति सापकोटाका अनुसार आफू सर्वसम्मत भए पनि रास्वपा सुर्खेतका बाँकी पदाधिकारी तथा जिल्ला कार्यसमिति सदस्य चयनको टुङ्गो अब बस्ने निर्वाचन समितिको बैठकले लगाउने छ । जिल्ला कार्यसमिति १३ सदस्यीय हुने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण