रास्वपा तनहुँको सभापतिमा विश्व बास्तोला विजयी
आइतबार, २४ जेठ २०८३, २१ : ५४
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँको सभापतिमा विश्व बास्तोला विजयी भएका छन् । आइतबार भएको मतगणना अनुसार बास्तोलाले १ सय ८७ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी डा. शेषरमण न्यौपानेले ६४ मत मात्रै पाए।
उपसभापतिमा झिनो अन्तरले विष्णुबहादुर पन्त विजयी भएका छन्। उनले १ सय ३१ मत पाउँदा उनका प्रतिस्पर्धी पदमराज न्यौपानेले १ सय २४ मत पाएका छन्।
सहसचिवमा दुर्गाकुमार श्रेष्ठ मात्रै १ मत अन्तरले विजयी भए। उनले १ सय २७ मत पाए भने प्रतिस्पर्धी पदमबहादुर सुनारले १ सय २६ मत पाए।
सचिवमा अनिल श्रेष्ठ सर्वसम्मत भए भने सदस्यहरूमा पनि सबै सर्वसम्मत भएका छन्।
सदस्यहरूमा सीता विक, अम्बिका वाग्ले, सीता अधिकारी, अञ्जु दाहाल, केशबहादुर थापा, शशी रुपाखेती र सुन्दर बस्याल सर्वसम्मत निर्वाचित भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण