शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

माटाको भाँडा बनाउन भक्तपुरदेखि लमजुङसम्म

बुधबार, १४ चैत २०७४, १३ : ०४
बुधबार, १४ चैत २०७४

बेसीशहर ।  भक्तपुर सूर्यविनायकका बाबुराजा प्रजापति ३० वर्षदेखि हिउँदमा लमजुङको सुन्दरबजार आउने गर्छन् । 

६६ वर्षका बाबुराजा पुख्यौँली पेशालाई अँगाल्दै भाँडा बनाउनकै लागि हरेक हिउँदमा सुन्दरबजार आउँछन् । बाबु बाजेले माटाको भाडा बनाएको देखेर आफूले पनि बनाउन थालेको र यो काम थालेको नै ४५ वर्ष भइसकेको उनी बताउँछन् ।

तर, अहिले यो पेशा र माटाको भाँडा नै पनि संकटमा पर्न लागिसकेको उनको अनुभव छ । सानै उमेरमा दाजुहरुसँग भाँडा बेच्न र बनाउन लमजुङ आउने गर्थे उनी । माटाका भाँडा बनाउन उनीहरु सुन्दरबजार बाहेक तनहुँ, गोर्खामा समेत जाने गर्थे । 

‘पहिला सबैले माटाका भाडाँहरु लैजान्थे  ।  भाडा किन्नकै लागि मानिसहरुको लर्काे लाग्ने गथ्र्यो । तर अहिले प्लाष्टिक र अन्य धातुका भाँडाले पेशा संकटमा परिसकेको छ’, उनी भन्छन्, ‘ तर पनि कुनै कुनै चिज त माटोकै चाहिन्छ भनेर लिन आउने गर्छन् ।’

मुख्य रुपमा आफूले माटोका हाँडी, गाग्रोदेखी  पानि खाने भुड्का, फूल रोप्ने गमला, आगो ताप्ने मड्का, रक्सी पार्ने हन्डा, खुत्रुके, बत्ती बाल्ने पाला लयागत दैनिक प्रयोजनका लागि चाहिने माटाका भाडाकुडाँ बनाएर विक्री गर्दै आएको उनी बताउँछन् । 

माटोको भाँडा बनाउन उनको साथ अन्य तीन जना  साथीहरु समेत रहेका छन् । चारजनामध्ये दुईजना सूर्यबिनायक नगरपालिका र दुई जना मध्यपूर नगरपालिका निवासी हुन् । 

सुन्दरबजार नगरपालिका सिन्दुरेकी नन्दकुमारी दुराले माटोको भाँडाको आफ्नै महत्व भएको बताइन् । उनले आफूले प्रजापतिले बनाएका विभिन्न माटाका भाँडाहरु खरिद गरेको बताइन् । 

हाल सुन्दरबजारमा नगरपालिकामा निर्माणाधिन मध्यपहाडी लोकमार्गको छेवैमा टहरो बनाएर उनिहरु बसेका छन् । टहरो बनाउँनका लागी स्थानियले बारी समेत दिएको प्रजापतिले बताए । आवश्यक सम्पूर्ण सहयोग स्थानियहरुले गरेका छन् । माटाका भाडाहरुलाई गह्राको कान्लामा खोपेर बनाइएको भट्टीमा पोल्ने गरेकुा उनले बताए । 

विगतमा लमजुङ जिल्लाकै सुन्दरबजार नगरपालिकाको हाडेटार, मध्यनेपाल नगरपालिकाको कुमालगाउँ लगायत कुमाल समुदायका मानिसहरुको बसोबास भएका स्थानमा माटाका भाडा बनाइने गरिन्थ्यो ।  तर पछिल्लो समयमा माटाका भाडा बनाउँने प्रथा नै लोप भइसकेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

समुन्द्रा घिमिरे
समुन्द्रा घिमिरे
लेखकबाट थप