आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

संवैधानिक परिषद्, भागबण्डा परिषद्को रुपमा विकसित भयो : नेता केसी

मङ्गलबार, ०९ असोज २०८०, १६ : ३१
मङ्गलबार, ०९ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद अर्जुननरसिंह केसीले संवैधानिक परिषद् भागबण्डा परिषद्को रुपमा विकसित भएको टिप्पणी गरेका छन् ।  

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै नेता केसीले यस्तो टिप्पणाी गरेका हुन् । उनले संवैधानिक परिषद्लाई सरकार र सत्तामा हुनेहरुले निर्णय र छायाँमा राख्ने काम भइरहेको बताए । उनले मागबण्डा परिषद्को रुपमा विकसित भएको संवैधानिक परिषद्लाई राजनीतिक पार्टी वा सत्तामा बसेकाहरुले छाया बनाउन नसक्ने बताउन आवश्यक रहेको बताए । 

नेता केसीले राजनीतिक पार्टी र सत्तामा बसेकाहरुले छायाँमा राख्दा स्वतन्त्र संवैधानिक निकायहरु अझ निरिह हुनसक्ने बताए । उनले महालेखापरीक्षक र महालेखा नियन्त्रक कार्यालयको बेरुज कम गर्ने विषयमा कडाइ गर्नुपर्ने बताए । उनले महालेखानियन्त्रक कार्यालयले रकम निकासामा कडाइ गर्दा पनि बेरुजु कम हुनसक्ने अवस्था रहेको बताए ।

नेता केसीले महालेखानियन्त्रक कार्यालयले रकम निकाशामा नियन्त्रण गर्नसक्ने रुपमा काम गर्न आवश्यक रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप