शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
च्यासलमा एमाले अधिवेशनको चहलपहल, २ बजेपछि उम्मेदवारी दर्ता (तस्बिरमा हेर्नुस्)
राजनीति

च्यासलमा एमाले अधिवेशनको चहलपहल, २ बजेपछि उम्मेदवारी दर्ता (तस्बिरमा हेर्नुस्)

बुधबार, १० असोज २०८०

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको निर्वाचन पार्टी मुख्यालय च्यासलमा हुने भएको छ । पार्टी कार्यालयमा मतदान स्थल तोकिएपछि एमालेका नेता, कार्यकर्ता र प्रतिनिधिहरू बिहानैदेखि ललितपुरको च्यासलस्थित कार्यालयमा जम्मा भएका छन् । यसैबीच एमाले अधिवेशनको निर्वाचन कार्यतालिकामा केही  हेरफेर भएको छ । 

बिहान ८ बजे मतादाता नामावली प्रकाशन गर्ने भनिए पनि साढे १० बजेमात्रै मतदाता नामावली प्रकाशन गरिएको छ । प्रदेश अधिवेशनका लागि ११ सय ६५ मतदाताको सुची टाँसिएको छ । त्यस्तै उम्मेदवारी मनोनयनको समय साढे ११ बजेलाई निर्धारण गरिए पनि कार्यतालिका हेरफेर गरेर २ बजेपछिलाई सारिएको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए । उनका अनुसार उम्मेदवारको अन्तिम नामावली साँझ ६ बजे प्रकाशन गरिने छ, भने बिहीबार बिहान ८ बजेबाट दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया