रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन
सोमबार, २५ जेठ २०८३, ११ : १८
प्युठान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्युठान जिल्ला सभापति पदमा विकास पोख्रेल निर्वाचित भएका छन् । पार्टीको प्रथम जिल्ला अधिवेशनले उहाँलाई जिल्ला सभापति निर्वाचित गरेको हो ।
पार्टीका संस्थापक सभापतिसमेत रहेका पोख्रेल स्थापनाकालदेखि नै सङ्गठन निर्माणमा सक्रिय रहँदै आएका थिए । निर्वाचन समितिका अनुसार कूल ३२४ मतदातामध्ये २०४ जनाले मतदान गरेका थिए । खसेको मतमध्ये २०३ मत सदर र एक मत बदर भएको थियो ।
सभापतिमा पोख्रेल १५३ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी वमबहादुर सुनारले ४४ मत प्राप्त गरे । उपसभापतिमा केशवबहादुर महतरा निर्वाचित भए । त्यस्तै सचिवमा यज्ञविर पाण्डे, सहसचिवमा ओमहरि भट्टराई विजयी भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण