रास्वपा बागलुङको नेतृत्व चयन विवादमा
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको नयाँ नेतृत्व चयन प्रक्रिया विवादित बनेको छ ।
- पहिलो जिल्ला अधिवेशनबाट चुनिएको कार्यसमितिलाई विधि र प्रक्रिया मिचेर एकतर्फी घोषणा गरिएको भन्दै असन्तुष्ट पक्षले विरोध गरेको छ ।
- अध्यक्ष पदका लागि चार दाबेदार हुँदाहुँदै निर्वाचन समितिले पुनम शर्मालाई एकलौटी रूपमा अध्यक्ष घोषणा गरेको आरोप छ ।
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको नयाँ नेतृत्व चयन विवादमा तानिएको छ । पहिलो जिल्ला अधिवेशनबाट चयन भएको कार्यसमितिलाई एक समूहले विधि र प्रक्रिया मिचेर एकतर्फी रूपमा घोषणा गरिएको भन्दै एक समूहले विरोध गरेको हो ।
शनिबार र आइतबारका लागि तोकिएको अधिवेशनमा अध्यक्ष पदका लागि ४ जनाको दाबेदारी रहेकोमा निर्वाचन समितिले एकतर्फी रूपमा पुनम शर्मालाई अध्यक्ष घोषणा गरेको आरोप छ । अध्यक्षमा ढालेन्द्र रायमाझी, खिमानन्द पौडेल, मनोज खड्का र पुनम शर्मा उम्मेदवार थिए ।
उपाध्यक्षमा अध्यक्षका दाबेदार ढालेन्द्र रायमाझीलाई राखिएको थियो । सचिवमा लालबहादुर क्षत्री, कोषाध्यक्षमा डुक मल्ल र सहसचिवमा पुष्पा आचार्यलाई जिम्मेवारी तोकिएको छ । सबै पदहरुमा एकलौटी ढंगले घोषणा गरेको भन्दै उक्त अधिवेशनको कार्यसमिति स्वीकार नगर्ने असन्तुष्ट पक्षले चेतावनी दिएको छ ।
निर्वाचन समितिमा बागलुङ १ का सांसद सुशील खड्का प्रमुख थिए भने २ नम्बर क्षेत्रका सांसद सोम शर्मा र प्रदेश सदस्य चित्रबहादुर थापा सदस्य थिए । खासगरी अध्यक्षका दाबेदार ढालेन्द्र रायमाझी र गलकोट नगर अध्यक्ष राजेन्द्र पुनले अधिवेशनको प्रक्रियामाथि प्रश्न उठाएका हुन् ।
२०७९ को स्थानीय निर्वाचनमा एमालेबाट टिकट नपाएपछि बागी उम्मेदवार बनेका शर्मा अहिले रास्वपा प्रवेश गरेर जिल्ला सभापति बनेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण