रास्वपा जुम्लाको सभापतिमा भण्डारी चयन
जुम्ला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाको सभापति पदमा मक्करबहादुर भण्डारी चयन भएका छन् । प्रथम जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा भण्डारीलाई सभापतिमा चयन गरिएको रास्वपा जुम्लाका नवनिर्वाचित सचिव जगतबहादुर खत्रीले जानकारी दिए ।
यसैगरी, उपसभापतिमा सुनिलबहादुर रोकाय, सचिवमा जगतबहादुर खत्री, सहसचिवमा दानबहादुर बुढा चयन भएका छन् । समावेशी सदस्यहरूमा पेमा टाँसी लामा तामाङ, शान्ते कामी, भीमबहादुर बुढा र सीता रोकाय चयन भएको रास्वपा जुम्लाका सचिव खत्रीले बताए ।
अधिवेशनले निर्वाचन क्षेत्रस्तरीय समिति पनि गठन गरेको छ । निर्वाचन क्षेत्र नंं १ को उपसंयोजकमा इन्द्रबहादुर बुढा, सचिवमा फुर्वा छिरिङ तामाङ तथा खुला सदस्यमा जनकराज खत्रीलाई चयन गरिएको छ ।
यसैगरी निर्वाचन क्षेत्र नंं २ कोे उपसंयोजकमा कमल आचार्य, सचिवमा मायालाल धिताल तथा खुला सदस्यमा मुक्तिप्रसाद उपाध्याय चयन भएको रास्वपा जुम्लाले जनाएको छ । नवनिर्वाचित सभापति भण्डारीले सङ्गठनलाई थप सुदृढ बनाउन एकताबद्ध भई काम गर्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक खड्कासहित दुई नेतालाई कांग्रेसले सोध्यो स्पष्टीकरण
-
फिल्म ‘टिकाः स्टेटलेस सोल’को छायांकन सुरु
-
भिजिट भिसामा ‘काउन्टर सेटिङ’ आरोपमा वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
-
स्वर्णिम वाग्लेलाई राजद्रोहको मुद्दा लाग्न सक्छ : शाही
-
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक : मन्त्री चौधरी
-
अमेरिकाको न्यूजर्सीमा मनाइयो 'नेपाल डे'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण