प्रदेश अधिवेशन
कर्णाली एमाले अधिवेशन : २०० मत गणना गर्दा अध्यक्षका उम्मेदवार शाहको अग्रता कायमै, सचिवमा शाहीको अग्रता
सोमबार, १५ असोज २०८०, १६ : ३६

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको मतगणनामा अध्यक्षका उम्मेदवार गुलाबजङ्ग शाहको अग्रता कायमै रहेको छ । २०० मत गणना गर्दा शाहले १२१ मतसहित अग्रता लिइरहेका छन् भने अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले ६५ मत पाएका छन् ।
त्यस्तै उपाध्यक्षका उम्मेदवार टेकराज पछाइले १०८ मतसहित अग्रता लिइरहेका छन् भने उपाध्यक्षका अर्का उम्मेदवार लाल बहादुर महतराले ५९ मत पाएका छन् ।
त्यसैगरी सचिव पदका उम्मेदवार ध्रुव शाहीले १३७ मतसहित अग्रता लिइरहेका छन् भने सचिवका अर्का उम्मेदवार रुद्र शाहीले ५१ मत पाएका छन् । एमाले कर्णाली अधिवेशन अन्तर्गत आइतबार भएको मतदानको सोमबार मतगणना भएको हो ।