सोमबार, १४ फागुन २०८०
ताजा लोकप्रिय
प्रदेश अधिवेशन

एमाले कर्णाली अधिवेशन : अध्यक्षका उम्मेदवार शाह अग्रता बढाउँदै

सोमबार, १५ असोज २०८०, १८ : ०१
सोमबार, १५ असोज २०८०

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको मतगणनामा अध्यक्षका उम्मेदवार गुलाबजङ्ग शाहले अग्रता बढाउँदै लगेका छन् । ३०० मत गणना गर्दा शाहले १८० मतसहित अग्रता बढाएका हुन् ।  अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले १०२ मत पाएका छन् ।

त्यस्तै उपाध्यक्षका उम्मेदवार  टेकराज पछाइले अग्रता बढाइरहेका छन् । पछाइले १६८ मतसहित अग्रता लिइरहँदा उपाध्यक्षका अर्का उम्मेदवार  लाल बहादुर महतराले ९६ मत पाएका छन् ।

त्यसैगरी सचिव पदका उम्मेदवार ध्रुव शाहीले २०७ मतसहित अग्रता लिइरहेका छन् भने सचिवका अर्का उम्मेदवार रुद्र शाहीले ७७ मत पाएका छन् ।  एमाले कर्णाली अधिवेशन अन्तर्गत आइतबार भएको मतदानको सोमबार मतगणना भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप