कांग्रेस संसदीय दलको बैठक आज बस्दै
मङ्गलबार, २३ असोज २०८०, ०८ : २७

काठमाडौं । सत्ताको प्रमुख घटक नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा आज मध्यान्ह १२ बजे संसदीय दलको बैठक बस्ने कांग्रेसले जनाएको छ ।
बैठकमा मुलुकको समसामयिक अवस्था र शनिबारदेखि इजरायल हमास द्धन्द्धबारे छलफल हुने प्रमुख सचेतक रमेश लेखकले बताए । संसदीय दलको बैठकअघि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीसँग छलफल गर्दै छन् । आज विहान ९ बजे देउवा निवास धुम्बाराहीमा पदाधिकारीको बैठक बस्दै छ ।
बैठकमा इजरायल आक्रमणमा नेपालीको अवस्था र एनआरएनएको चुनावबारे छलफल हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनए उच्चस्तरीय समितिका संयोजक घलेले गरे बृहत् एकताका लागि अपिल
-
सुनसरीबाट १ सय ७७ किलो गाँजासहित दुई जना पक्राउ
-
भन्सारको नाममा सरकारले मधेसमा लुट मचाएको छ : प्रभु साह
-
मुम्बईमा लगेर चेलीबेटी बेच्ने आरोपी ३० वर्षपछि पक्राउ
-
कार बम विस्फोटमा वरिष्ठ रुसी सैन्य अधिकारीको मृत्यु
-
शिक्षकहरु आन्दोलन स्थगित गर्नुस्, विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार प्राप्तिमा सघाउनुस् : डा. महत