शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

विन्ध्यवासिनी मन्दिरमा इन्टरनेटबाट पूजा, पुजारीलाई मासिक तलब

बिहीबार, २५ असोज २०८०, ०९ : २६
बिहीबार, २५ असोज २०८०

पोखरा । पोखराको प्रमुख शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा इन्टरनेटबाट पूजाको तयारी गरिएको छ । भेटी र दान घटेपछि आम्दानी बढाउन मन्दिरले इन्टरनेट पूजाको तयारी गरेको हो ।

'अहिले आम्दानी खासै छैन । अब इन्टरनेटबाट पूजा हुनपर्छ । यति गर्न सके आम्दानी पनि बढ्छ', धार्मिक क्षेत्र समितिका सचिव तीर्थ श्रेष्ठले भने । कोरोना कालमा भने इन्टरनेटबाट पूजा गरिएको थियो । अहिले भौतिक उपस्थितिमा मात्रै हुन्छ । दान र भेटी भने बैङ्कबाट बुझाउने व्यवस्था यसअघि नै गरिएको छ । 

केही वर्षदेखि मन्दिरको भेटी समितिले लिन थालेको छ । यसअघि पुजारीले लिँदै आएका भेटी व्यवस्थापन समितिमा जान थालेको हो । दैनिक ६० हजार हाराहारीमा भेटी सङ्कलन हुने गरेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार कोरोना सङ्क्रमणपछि भने सङ्कलन दर घटेको छ । 

सुरुमा १ लाख जति सङ्कलन भएको थियो । कोभिडपछि भने घट्यो, उनले भने, मन्दिरमा भेटी सङ्कलन आश्चर्यजनक हुने रहेछ । 

मन्दिरमा पुजारी अहिले चाहिँ तलबमा राखिएको छ । १४ जना पुजारी कार्यरत रहेकोमा उनीहरूलाई २० हजारदेखि ४५ हजारसम्म तलब दिइएको श्रेष्ठले बताए । 'पुजारी तलबमा हुनुहुन्छ । मासिक १५ लाख खर्च हुन्छ, उनले थपे, 'चिकित्सालयमा थप ८ लाख खर्च हुन्छ । सञ्चालनको प्रमुख आम्दानी दान पात्र र भेटी नै हो ।'

समितिले पर्यटक लक्षित गरेर प्राकृतिक चिकित्सालय सञ्चालनमा ल्याएको छ । गुरुकुल स्कुल र ज्येष्ठ नागरिक मिलन केन्द्र चलिरहेको छ । विन्ध्यवासिनी मुक्तिनाथको प्रवेशद्वार पनि हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप