आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

ब्याक्टेरियाबाट बनाइयो छालाको ज्याकेट

शुक्रबार, ०३ कात्तिक २०८०, १३ : ३८
शुक्रबार, ०३ कात्तिक २०८०

न्यूयोर्क । हामी फलफूलका बोक्रालगायत फोहोर कुहाएर मल बनाउँछौं । त्यति गर्न सकिएन भने फोहोर उठाउने ट्रकलाई पठाइदिन्छौँ । फलफूलबाट निस्कने फोहोर ब्याक्टेरियालाई खुवायो भने के पाइएला ? तपाईको पहिलो उत्तर ब्लेजर त पक्कै हुन्न । तर डेनिश फेशन ब्रान्ड ग्यानीका र मेक्सिकन बायोमटेरियल्स कम्पनी पोलिबायोनको सहकार्यबाट भने पहेँलो छालाको ज्याकेट बनेको छ ।

यो ब्लेजर ब्याक्टेरियल सेल्युलोज (कोशिकारस)बाट बनाइएको हो । विल्कुल नयाँ वस्तुको आभास दिलाउन यो ज्याकेट  तयार पारिएको निर्माताहरुले बनाएका छन् । यो ज्याकेट ठ्याक्कै छाला जस्तो पनि देखिँदैन । त्यसैले यसलाई धेरैले मन पराएको पोलिबायोनका सह–संस्थापक अलेक्सिस गोमेज–ओर्तिगोजा भन्छन् । ‘ज्याकेट छालाको होइन भनेर छुट्याउन सजिलै सकिन्छ तर यो प्लाष्टिक पनि होइन । यसको आभाष युनिक खालको छ,’ उनले भने । 

ब्याक्टेरियाहरूको न्यानोसेल्युलोजबाट बहुराष्ट्रिय ब्रान्डले बनाएको यो अहिलेसम्मकै पहिलो ज्याकेट भएको बताइएको छ । ज्याकेट बनाउन कम्बुचा जारको प्रयोग गरिएको थियो । यसमा ब्याक्टेरियालाई स्थानीय क्यान फ्रुट बनाउने कारखानाबाट निस्किएको फोहोर खुवाइयो ।

यी ब्याक्टेरियाहरुले न्यानोसेल्युलोज म्याट्रिक्स बनाए । दुई हप्तापछि यसलाई निकालेर छाला बनाइने केही परम्परागत तरिकाहरु प्रयोग गरेर छाला बनाइएको थियो । तर यसमा परम्परागत छाला बनाउन प्रयोग गरिने क्रोमियम वा अरु कुनै विषाक्त केमिकल भने प्रयोग गरिएको छैन । पोलिबायोनले सिलियमबाट टेक्सटाइलबाहेक अन्य सामान बनाउन सकिन्छ कि भनेर पनि हेरिरहेको छ । अहिलेचाँहि कम्पनी छालाको विकल्प निकाल्नमै लागेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप