आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभाव पार्न सक्ने खेलाडी : म्याट हेनरी (न्युजिल्यान्ड)

आइतबार, ०५ कात्तिक २०८०, १० : ४०
आइतबार, ०५ कात्तिक २०८०

न्युजिल्यान्ड र भारत जारी विश्वकपका अपराजित टोली हुन् । यी दुबै टोलीले यसअघि खेलिएका चारवटै खेलमा जित हात पारेका छन् ।आइतबारको खेल यीनै दुई अपराजित टोलीबिच हुँदैछ । न्युजिल्यान्ड र भारत आइतबारको खेल जितेर जारी विश्वकपको एकमात्र अपराजित टोली बन्ने धुनमा छन् ।

आइतबारको खेल धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसनको स्टेडियममा खेलिनेछ । त्यो स्टेडियम तिब्रगतिका बलरहरुको लागि उपयुक्त मानिएको छ । त्यसैले भारतविरुद्धको खेलमा म्याट हेनरी न्युजिल्यान्डका लागि प्रभावकारी हतियार बन्न सक्छन् । 

३१ वर्षीय मध्यमतेज गतिका बलर हेनरीले देशका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले हालसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा दुई सयभन्दा बढी विकेट लिइसकेका छन् । 
अन्य ढाँचाको प्रतियोगिताभन्दा एकदिवसीय क्रिकेटमा उनको प्रदर्शन अझ उत्कृष्ट देखिन्छ ।

उनले न्युजिल्यान्डका लागि ७९ एकदिवसीय खेल्दै २५।६७ को औसतले कुल एक सय ३९ विकेट लिइसकेका छन् । एकदिवसीय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन ३० रन दिएर पाँच विकेट हो ।

हेनरीले एकदिवसीय खेलमा दुईपटक पाँच वा त्योभन्दा बढी विकेट लिएका छन् । उनले एकदिवसीय खेलमा १० पटक चार विकेट लिएका छन् । उनले न्युजिल्यान्डका लागि २१ टेस्ट खेल्दै ३७।३४ को औसतमा कुल ७२ विकेट लिएका छन् ।


टेस्ट क्रिकेटको एक पालीमा उनको उत्कृष्ट प्रदर्शन २३ रन दिएर सात विकेट हो । टेस्ट क्रिकेटको दुबै पालीमा भने उनको उत्कृष्ट प्रदर्शन ५५ रन दिएर नौ विकेट हो । यसका अतिरिक्त उनले टी—२० अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि १३ खेल खेल्दै १५ विकेट लिएका छन् ।


टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन ३२ रन दिएर तीन विकेट हो । उनी टोलीलाई आवश्यक पर्दा राम्रो रन बनाउन पनि सक्षम छन् । तल्लोक्रममा क्रिज समाल्न आएर उनले एकदिवसीय क्रिकेटमा कुल दुई सय ४६ रन बनाएका छन् । 

एकदिवसीय खेलमा उनको उच्च स्कोर अविजित ४८ रन हो । टेस्ट क्रिकेटमा भने उनले चारवटा अर्धसतक बनाएका छन् । टेस्टमा उनको उच्च स्कोर ७२ रन हो । सन् २०१९ को विश्वकपमा न्युजिल्यान्डलाई फाइनलसम्म पुर्‍याउन पनि उनले महत्वपूणर् भूमिका निर्वाह गरेका थिए ।


जारी विश्वकपमा पनि उनले गतिलो प्रदर्शन गर्दै आएका छन् । इङ्ल्यान्डविरुद्धको पहिलो खेलमा आफ्नो टोलीलाई जित दिलाउन उनले तीन विकेट लिएका थिए । 

दरल्यान्ड्सविरुद्धको खेलमा पनि उनले तीन विकेट हात पारेका थिए । बंगलादेशविरुद्धको खेलमा समेत उनले दुई विकेट लिएका थिए । अफगानिस्तानविरुद्धको खेलमा पनि उनले एक विकेट लिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप