बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

तुलसीपुरको मेयर र उपमेयरमा बाजी मार्ने पाण्डे र आचार्य को हुन् ?

बिहीबार, २२ असार २०७४, १० : ५८
बिहीबार, २२ असार २०७४

दाङ– तुलसीपुर उप महानगरपालिकाको नगर प्रमुखमा एमालेका युवा नेता घनश्याम पाण्डे विजयी भएका छन् । पाण्डे ३ हजार ९ सय ५४ मतको फराकिलो अन्तरले कांग्रेसका पुर्व सांसद गेहेन्द्र गिरीलाई पछि पार्दै नगर प्रमुखमा विजयी भएका हुन् ।

पाण्डेले २२ हजार ८ सय ५७ मत प्राप्त गर्दा उनका प्रतिद्धन्दी गिरीले १८ हजार ९ सय ३ मत ल्याएका थिए । २३ बर्षको कलिलो उपमेरमा तत्कालिन तुलसीपुर नगरपालिकाको उपमेयर बनेका पाण्डे २० बर्ष पछि पुनः तुलसीपुर उपमहानगरपालिकाको बागडोर सम्हाल्ने जिम्मेवारी प्राप्त गर्न सफल भएका छन् । त्यसैगरी उप प्रमुखमा पनि एमालेकै माया आचार्य विजयी बनिन् ।

उनले ८ सय ५२  मतको अन्तरले कांग्रेसकी देवीका नेपालीलाई पछि पार्दै जित हात पारेकी हुन् । उनले २१ हजार ३७ मत ल्याउँदा नेपालीको २० हजार १ सय ८५ मत आएको थियो । यसैबीच एमालेले बिहीबार तुलसीपुरमा विजय जुलुस मनाउने तयारी गरेको छ । 


उपप्रमुख आचार्यले एक हजार मतले कांग्रेसकी देविका नेपालीलाई पछि पार्दै जितेकी हुन् । निर्वाचन अधिकृतको कार्यालयले बिहीबार विहान मात्रै तुलसीपुरको मतपरिणाम सार्वजनिक गर्दैछ । राति दुई बजेतिर मत गणना सकिएको हो । 


को हुन नगर प्रमुख पाण्डे ?
तुलसीपुर उप महानगरापालिका ११ अश्वारामा २०३० साल भदौ ८ गते शुक्रबार बुबा टेक बहादुर पाण्डे र आमा अमृता पाण्डेको कोखबाट कान्छा छोराका रुपमा  जन्मिएका घनश्याम पाण्डे राजनीतिक  तथा विभिन्न सामाजिक संघसंस्थामा कृयाशिल व्यक्ति हुन् । उनका एक बहिनी, श्रीमती,  दुई छोरा र एक बुहारी छन् ।

उनलाई अहिलेपनि बुबा अमाले कान्छा भनेर बोलाउने गर्छन । २०४६ सालमा पश्चिम दाङको जनता माध्यामिक विद्यालय हंसपुरबाट  एसएलसी परीक्षामा सहभागी भएका ३२ जना विद्यार्थी मध्य पहिलो पटक प्रथम श्रेणीमा उतिर्ण हुने पाण्डे पहिलो विद्यार्थी हुन् ।    


ग्रामिण विकासमा एमए, एलएलवि र  विएसी सम्मको अध्यन गरेका पाण्डे अनेरास्ववियुको प्रारम्भिक कमिटीदेखि गाउँ र वडाको विभिन्न जिम्मेवारी हुदै नेकपा एमाले दाङ जिल्ला कमिटी सदस्यको भूमिकामा बसेर काम गरिसकेका छन् । हाल नेकपा एमालेको भातृ संगठन सहकारी तथा गरिबी निबारण विभागको केन्द्रीय सदस्य समेत रहेका पाण्डे एमालेको तर्फबाट २०५४ सालमा तत्कालीन तुलसीपुर नगरपालिकामा २३ बर्षको उमेरमा नगर उपप्रमुखमा निर्वाचित भएका थिए । 


यसैगरी २०२० साल माघ ६ मा घोराहीको रझेनामा जन्मिएकी माया आचार्य  २०४६ साल देखिनै एमालेको भातृ संगठन  अखिल नेपाल उरहरी गाउँ कमिटीमा  संगठीत भएकी थिइन् । २०३५ सालमा राजनीतिकर्मी स्वर्गीय श्रीमनी आचार्यसंग भारतको अयोध्यामा विहे गरर्नु भएकी आचार्यले एस एलसी सम्मको अध्यन पुरा गरेकी छन् । एमाले नेता श्रीमनी आचार्य भूमिगत भएकै कारण  नेपालमा विहे हुँदा तत्कालीन पञ्चायती प्रशासनले पक्राउ गर्ने डरले भारतको अयोध्यामा श्रीमनी र मायाबीच बिबाह भएको हो । 


२०५० कार्तिक १७ गते तत्कालीन मध्यावधि निर्वाचनमा विजौरीमा भएको गोली काण्डमा छातीमा छर्रा लागेर घाइते बनेका आर्चाको आर्थिक अभावमा उपचार समयमै हुन नसक्दा क्यान्सर भएर २०६४ पुस ३ गते निधन भएको थियो । 


 वडा नम्बर      विजयी उमेदवारको नाम     राजनीतिक दल 
        १     लक्ष्मण भण्डारी    नेकपा एमाले 
      २     राजु आचार्य     नेपाली कांग्रेस 
     ३     विर बहादुर विक (विजय)    नेकपाएमाले 
        ४    बालकृष्ण राना    नेकपाएमाल
     ५    बिरेन्द्र शाह    नेपाली कांग्रेस 
     ६    नवराज लामीछाने    नेकपा एमाले 
     ७     टोपबहादुर केसी     नेपाली कांग्रेस 
     ८    बेदु केसी     नेपालीकांग्रेस 
    ९    घनश्याम ढकाल     नेपाली कांग्रेस 
     १०    कुमार लामीछाने     नेपाली कांग्रेस 
    ११    चीत्र बहादुर वली     नेपालीकांग्रेस 
 १२    सुर्यबहादुर डाँगी (श्याम)    नेकपा एमाले 
 १३    डमबर न्यौपाने,     नेपाली कांग्रेस
  १४    पर्शु नारायण चौंधरी     नेपाली कांग्रेस 
 १५    लक्ष्मण चौधरी     नेकपा एमाले 
  १६    भुपबहादुर केसी    नेकाप एमाले
 १७     थलराज पुरी     नेपाली कांग्रेस
  १८     माधव वली     एमाले 
  १९    रामबहादुर योगी     एमाले 
                

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओपेन्द्र बस्नेत
ओपेन्द्र बस्नेत
लेखकबाट थप