कृषि सामग्री कम्पनीले सुरु गर्यो मल वितरण
नवलपरासी । पश्चिम नवलपरासीमा कृषि सामग्री कम्पनीले आजदेखि मल वितरण सुरु गरेको छ । हिउँदे बालीको लागि चाहिने आवश्यक डिएपी मल आजदेखि कम्पनीले पालिकालाई वितरण गर्न थालेको हो ।
जिल्लाको सुनवल नगरपालिकाले कृषि सामग्री कम्पनीलाई पठाएको निर्णय पत्रअनुसार डिएपी मल वितरण सुरु गरिएको कृषि सामग्री कम्पनीका भण्डार शाखाका अशोक त्रिपाठीले बताए । प्रदेश सरकारले नवलपरासीलाई दिएको मलको कोटाअनुसार नगरपालिकालाई आजदेखि मल वितरण सुरु भएको त्रिपाठीले बताए ।
लुम्बिनी प्रदेश सरकारले पश्चिम नवलपरासीको लागि मात्र तीन सय ५८ मेट्रिक टन मल (डिएपी) दिएको छ । जसमा दुई सय १५ मेट्रिक टन मल कृषि सामग्री कम्पनीले ल्याइसकेको छ भने एक सय ४३ मेट्रिक टन ल्याउन बाँकी रहेको स्टोर किपर त्रिपाठीले बताए ।
कृषि सामग्री कम्पनी नवलपरासीले सात वटै पालिकालाई कति मल ? दिने भनेर निर्णय गरेर पठाउन पत्र पठाएको छ । तर अहिलेसम्म सुनवल नगरपालिकाले मात्र विवरण निर्णय गरेर पठाएको छ ।
जिल्लाको सातवटै पालिकालाई मल वितरण गर्न ६९ वटा सहकारीले अनुमति पाएका छन् । नवलपरासीको कुन स्थानीय तहलाई कति मल (डिएपी) चाहिन्छ भनेर सात वटै पालिकाका लागि लुम्बिनी प्रदेश सरकारबाटै कोटा छुट्याएर मल (डिएपी) पठाइएको हो ।
जिल्लामा पर्याप्त मल छैन
खासगरी पश्चिम नवलपरासीमा अहिले हिउँदे बालीअन्तर्गत गहुँ, तोरी, मुसुरो र उखु लगाइएको छ । जसअनुसार आवश्यक मल (डिएपी) पर्याप्त छैन । जिल्लामा करिब १९ हजार हेक्टर क्षेत्रफलमा हिउँदे खेती हुने गरेको कृषि ज्ञान केन्द्र नवलपरासीको तथ्याङ्कले देखाउँछ । सो क्षेत्रफललाई पुग्ने मल जिल्लामा छैन ।
कृषि ज्ञान केन्द्र नवलपरासीका कृषि अधिकृत नवराज घिमिरेका अनुसार जिल्लाको लागि आवश्यक मल (डिएपी) क्षेत्रफलअनुसार साढे १७ सय मेट्रिक टन आवश्यक पर्छ । लुम्बिनी प्रदेश सरकारले दिएको कोटाको आधारमा नवलपरासीले जम्मा तीन सय ५८ मेट्रिक टन मल पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण