एक्सको निष्क्रिय खाता ५० हजार डलरमा बेच्दैछन् एलन मस्क

क्यालिफोर्निया । माइक्रो ब्लगिङ वेबसाइट एक्स (ट्विटर)ले निष्क्रिय ह्यान्डलहरू बेच्ने भएको छ । लिलामीमा ५० हजार डलरसम्म तिर्ने क्रेताहरूलाई कम्पनीले उनीहरूले रोजेको निष्क्रिय ट्विटर ह्यान्डल दिने भन्दै अमेरिकी व्यावसायिक पत्रिका फोर्ब्सले आन्तरिक इमेललाई उद्धृत गर्दै खबर छापेको छ । अहिलेसम्मको कम्पनीको नीतिअनुसार निष्क्रिय ट्विटर ह्यान्डल रिलिज गर्न मिल्दैन ।
कम्पनीको नीतिले विगत ३० दिनसम्म लग इन नभएका खातालाई निष्क्रिय मान्छ । अहिलेसम्म कम्पनी स्वयम्ले भने यसको सार्वजनिक घोषणा गरेको छैन । डोम्यान्ड ह्यान्डल खुला गर्न कम्पनीले डेढ अर्ब निष्क्रिय खाता डिलिट गर्ने गएको वर्षको अन्त्यतिर मस्कले घोषणा गरेका थिए । लिलामीमा निष्क्रिय खाता बेच्ने हो भने कम्पनीको चुनौतीपूर्ण वित्तीय अवस्थामा सुधार आउने छ ।
मस्कले कम्पनी किनेको पहिलो वर्ष कुनै समय हरेक दिन औसतमा ७ करोड डलरका दरले एक्सको मूल्याङ्कन घटेको थियो । निष्क्रिय खातालाई लिलामीमा बेच्ने कुराप्रति एक्सका प्रयोगकर्ता विभाजित देखिन्छन् । केहीले यसलाई राम्रो भनेका छन् भने केहीले प्रयोगकर्ता बेसलाई निचोरेर एक एक सेन्ट झार्ने प्रयास भनेका छन् ।
यो प्रयासले कम्पनीलाई दीर्घकालमा कस्तो असर पार्छ भन्ने चाहिँ हेर्न बाँकी नै छ । लिलामीमा कुन कुन ह्यान्डल विक्रीका लागि उपलब्ध हुने भन्नेबारे स्पष्ट भइसकेको छैन । कम्पनीले यसको घोषणा गरेपछि हाई–प्रोफाइल निष्क्रिय खाता चाहिँ के हुन्छ भन्ने प्रश्न पक्कै उठाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको मिनेसोटामा डेमोक्रेटिक सांसदको गोली हानी हत्या, एक घाइते
-
नदी कटान नियन्त्रणका लागि ग्याबिनवाल निर्माण
-
गर्मी नघटेपछि वीरगञ्जमा थप ६ दिन विद्यालय बन्द
-
इजरायली आक्रमणबाट इरानको आणविक कार्यक्रममा कति क्षति पुग्ला ?
-
पछिल्लो २४ घण्टामा चट्याङ लागेर १८ जना घाइते
-
१० बजे, १० समाचार : भिजिट भिसाको प्रश्नले चिढिए प्रचण्ड, इजरायलमा स्थिति गम्भीर