इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
काठमाडौं । इन्टरपोलद्वारा आयोजित 'इन्टरपोल १०० ग्लोबल भिडियो कन्टेस्ट फर योङ पोलिस लिडर' प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा जारी इन्टरपोलको ९१औं महासभाको पहिलो दिन उक्त प्रतियोगितामा सहभागी १९५ सदस्य राष्ट्रहरूमध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको हो ।
नेपाललाई प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका प्रहरी निरीक्षक नारायण थापा र प्रहरी निरीक्षक उमेश गुरुङ श्रेष्ठद्वारा निर्माण गरिएको “Let’s Save the Planet - INTERPOL 100” विषयक सूचनामूलक छोटो भिडियो सर्वोत्कृष्ट घोषणा भएको हो ।
भिडियोमा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, आर्टिफिसियल इन्टिलिजेन्सका कारण भविष्यमा हुनसक्ने समस्याहरू समाधान गर्न र दिगो विकासको लक्ष्य प्राप्त गर्न यूएनको मुख्य साझेदारको रूपमा रहेको इन्टरपोलको अहम भूमिका हुने विषय समेटिएको छ । सो अवसरमा इन्टरपोलका अध्यक्ष डा अहमद नासर अल-राइसीले प्रमाणपत्र हस्तान्तरण गरे ।
इन्टरपोल स्थापनाको १०० वर्षलाई विशेष उत्सवको रूपमा मनाउन इन्टरपोल इनोभेसन सेन्टरले उक्त भिडियो प्रतियोगितामा सहभागी हुन सम्पूर्ण १९५ सदस्य राष्ट्रहरुलाई आह्वान गरिएको थियो । उक्त महासभामा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहितको नेपाली प्रतिनिधि मण्डल सहभागी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको पुनरागमन, उज्बेकिस्तानविरुद्ध २–१ को अग्रता
-
नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको २ किलो अफिमसहित दुई नेपाली र एक भारतीय पक्राउ
-
अमेरिकाले गर्दैछ लगातार दोस्रो दिन पनि इरानमाथि बमबारी
-
मर्स्याङ्दीका स्थानीयलाई निःशुल्क बिजुली
-
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि
-
कोशीमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण