आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

कङ्गोको पुनरागमन, उज्बेकिस्तानविरुद्ध २–१ को अग्रता

आइतबार, १४ असार २०८३, ०७ : ००
आइतबार, १४ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को निर्णायक खेलमा डीआर कङ्गोले उज्बेकिस्तानविरुद्ध २-१ को अग्रता बनाएको छ।
  • खेलको ७८औँ मिनेटमा फिस्टोन मायेलीले गोल गर्दै डीआर कङ्गोलाई पहिलो पटक अग्रता दिलाए।
  • यसअघि उज्बेकिस्तानले पहिलो हाफमा अग्रता लिएको थियो तर दोस्रो हाफमा डीआर कङ्गोले पुनरागमन गरेको हो।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को निर्णायक खेलमा डीआर कङ्गोले शानदार पुनरागमन गर्दै उज्बेकिस्तानविरुद्ध २–१ को अग्रता बनाएको छ।

खेलको ७८औँ मिनेटमा फिस्टोन मायेलीले गोल गर्दै डीआर कङ्गोलाई पहिलो पटक अग्रता दिलाए। यससँगै डीआर कङ्गो अन्तिम ३२ मा स्थान बनाउने दिशामा अघि बढेको छ।

यसअघि उज्बेकिस्तानले पहिलो हाफमा अग्रता लिएको थियो। तर दोस्रो हाफमा डीआर कङ्गोले लगातार दबाब सिर्जना गर्दै खेलमा पुनरागमन गरेको हो।

यता, समूहकै अर्को खेलमा कोलम्बिया र पोर्चुगलबीच ०–० को बराबरी कायम छ। खेलको ७०औँ मिनेटपछि पनि दुवै टोली गोलको खोजीमा रहे पनि सफलता हात पार्न सकेका छैनन्।


समूह ‘के’ का दुवै खेल अन्तिम चरणमा पुगेका छन् र नकआउट चरणमा पुग्ने टोलीको टुंगो केही मिनेटमै लाग्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप