अदालत पुग्यो मित्रमिलन सहकारी ठगीको फाइल
पोखरा । पोखराको मित्रमिलन सहकारीको रकम अपचलन गरेको रिपोर्ट सहितको फाइल अदालतमा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा अदालतमा दर्ता गरेको हो । सरकारी वकिलको कार्यालयले प्रहरीको रिपोर्टका आधारमा थप अनुसन्धान गरी फाइल अगाडी बढाएको हो । सहकारीको ३१ करोड बिगो दाबीसहित ३२ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो ।
सहकारीका ५ जना पक्राउ परिसकेका छन् भने अन्य फरार छन् । फरार रहेकाको खोजी भइरहेको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए । अध्यक्ष रमण पौडेल, प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी, सञ्चालक सदस्य गोपाल खनाल, राजु बराल र बुद्धीसागर पौडेल पक्राउ परेका छन् ।
सहकारीको कार्यक्षेत्र विस्तार गर्ने भनेर घुस खाएको आरोपमा आरोपमा तत्कालीन प्रदेश रजिष्ट्रार तथा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पनि पक्राउ परेका छन् । उनी विरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । राष्ट्रिय सहकारी बैंकका कर्मचारी सन्तोष घिमिरे फरार छन् ।
पराजुलीले १ करोड ५ लाख घुस लिएको आरोप छ भने घिमिरेले कारोबारका क्रममा ४० लाख भन्दा बढी लिएको बयान अध्यक्ष रमणले प्रहरीलाई दिएका थिए ।
३ हजार ४ सय ४६ बचतकर्ताले १८ करोड २३ लाख रुपैयाँ सहरकारीमा जम्मा गरेका थिए । उक्त सबै रकम ठगी भएको बचतकर्ताको गुनासो छ । सहकारीको वित्तीय विवरण अनुसार अनुसन्धानका क्रममा २६ करोड ८३ लाख हिनामिना भएको रिपोर्ट निकालिएको थियो ।
प्रहरीले चाहिँ ३१ करोड बिगो दाबी गरेको छ । यो सहकारीमा वडाध्यक्ष देखि पत्रकार, कानुन व्यवसायी र ठुला घरानाका व्यवसायीहरू समेत जोडिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
-
यी २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण