बिहीबार, १० फागुन २०८०
ताजा लोकप्रिय

बाल कथा : जान्ने छोरा

शुक्रबार, २७ पुस २०८०, १० : २३
शुक्रबार, २७ पुस २०८०

एकादेशमा एउटा गाउँ थियो । त्यो गाउँमा धेरै जागिर नभएका उमेरले ठुला मान्छेहरू बस्थे । त्यसमध्ये मुरारी नाम गरेका एउटा केटाका बाबा थिए । बाबालाई सहर र टेक्नोलोजीका बारेमा धेरै कुरा आउँदैन थियो । उनको छोराले धेरै मेहनत गरे । 
तर उनको बाबालाई थाहा थिएन कि कुन जागिर आफ्नो छोरा मुरारीलाई सुहाउँदो हुन्छ । त्यसैले छोराले सबै विषयलाई मन पराएर पढ्न थाले । तर छोराले एउटा सरकारी सेवामा सानो जागिर पाए । छोराको बिहे पनि भयो । दुई वर्षपछि सूर्यको तेज जस्तो एउटा शिशु यो संसारमा आए । 

मुरारीलाई थाहा थियो कि उनको बाबा र आफूजस्तै उनको शिशुलाई बनाउन चाहँदैनथे । ती शिशुलाई ठुलो मान्छे बनाउने चाहना मुरारीको थियो । त्यसैले मुरारीले उनलाई धेरै जान्ने बनाए । जस्तै ः उनको छोरालाई तीन वर्षको उमेरदेखि अङ्ग्रेजी सिकाए । मुरारीले छोरालाई दस वर्षको उमेरमा दुवै अङ्ग्रेजी र नेपाली टाइप गर्न सिकाए । त्यसैले त्यो छोराले धेरै गोल्ड मेडल पाउँथे । 

उनले आफ्ना बाबालाई बाबा आफू कम्प्युटर इन्जिनियर बन्न मन छ भन्थे । ठुलो भएपछि उनले त्यो सपना पूरा गरे । उनले महिनाको तीन लाख कमाउँथे । उनको अब बिहे हुने समय भएको थियो । तर उनका साथीहरूले भनेका थिए, ओए साथी ! तिमी बुवाआमालाई छोडेर आफैँ श्रीमती खोज न । 

जवाफमा उनले भनेका थिए, ‘आजदेखि तिमीहरू मेरा साथी होइनौ । मेरो घरबाट बाहिर जाओ ।’ अनि ती साथीहरूले भने, ‘हामी तिमीलाई माफ गर्दैनौँ ।’ त्यसपछि मुरारीको छोराको मन निरास भयो । उनलाई चिन्ता हुन थाल्यो । एक दिन उनका साथीहरू उनलाई लुट्न आए । उनी घर नभएको दिन ती चोर साथीहरूले उनलाई लुटपाट गरे । ती चोरहरूले मास्क लगाएर आएका थिए ।

ती साथीहरू बाहिर निस्किँदा पुलिस आएर समात्यो । चोरहरू अचम्मित भए । किनभने मुरारीका छोरा कम्प्युटर इन्जिनियर थिए । उनलाई यस्तो प्रविधि थाहा थियो जसले उनीबाहेक केही पनि सरसामान घरको गेटभन्दा बाहिर गयो भने पुलिस आइपुग्थे । त्यसैले उनीहरूलाई पुलिसले पक्रिए र थाना लगे । तर ती कम्प्युटर इन्जिनियरले पुलिसलाई उनीहरूलाई छोड्दिनुहोस् भने ।

मुरारीको छोराले साथीहरूलाई राम्रो बनाए । ती साथीहरू मुरारीको छोराको जन्ती आए । सबै जनाले राम्रो जीवन बिताए ।

काशी नोबल एकेडेमी 
कक्षा : ५
भैरहवा १२

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुश्रुतराज न्यौपाने
सुश्रुतराज न्यौपाने
लेखकबाट थप