सितापुरमा झोलुङ्गे पुल निर्माण सुरु
दाङ । दाङको बबई गाउँपालिका वडा नं.२ सितापुरमा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की(राजेश)ले ४६ लाख बजेट विनियोजन गरेपछि सोही स्थानमा पुल निर्माण सुरु भएको हो ।
उक्त पुलको आइतबार अर्थमन्त्री मास्कीले शिलान्यास गरेका हुन् । त्यस अवसरमा मन्त्री मास्कीले समयमै पुल निर्माण पूरा गर्न निर्देशन दिए । सोही ठाउँमा आवतजावतमा निकै समस्या हुने गरेको भन्दै त्यो समस्या समाधानका लागि आफूले बजेट विनियोजन गरेर काम अघि बढाएको बताए ।
वर्षामा नदी वारपार गर्न नसक्दा विद्यार्थीहरूसमेत पढाइबाट वञ्चित हुनुपर्ने अवस्था थियो । बिरामी पर्दा पनि वारपार गर्न सकिने अवस्था थिएन । पुल निर्माण भएपछि त्यो समस्या हल हुने मन्त्री मास्कीले बताए ।
घुरिनडाँडा–ठुलचौर जोड्ने गरी झोलुङ्गे पुल निर्माण सुरु भएको हो । ठूलाचौरमा करिब २० घर छन् । त्यहाँका मात्रै करिब ३०/३५ जना विद्यार्थीहरू नियमित विद्यालय जाने गरेका छन् । पुल निर्माण भएपछि आफूहरू खुसी भएको स्थानीय लीला विकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वन्यजन्तु संरक्षणका लागि बजेट अभाव चुनौती : मन्त्री चौधरी
-
आइफोन १८ प्रोका तस्बिर र प्राविधिक विवरण डार्क वेबमा
-
बजेट विवादका कारण कोशी प्रदेशसभा बैठक पुनः स्थगित
-
‘कङ्गाल करोडपति’मा मुकुनको जोडी बन्दै सलिना
-
एआई चिप बनाउन ५७६ अर्ब डलर खर्च गर्दैछ दक्षिण कोरिया
-
अजय देवगनको आगामी फिल्म ‘चौहान’ विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण