शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सिटी काउन्सिलमा टीका पौडेल निर्विरोध

शनिबार, ०५ फागुन २०८०, १९ : ३१
शनिबार, ०५ फागुन २०८०

ड्यालस (टेक्सस) । टेक्ससको नेपाली समुदायका चर्चित समाजसेवी टीका पौडेल युलेस सिटी काउन्सिल सदस्यमा निर्विरोध भएका छन् ।  तीन वर्षअघि सिटी काउन्सिल सदस्यमा निर्वाचित पौडेल यसपटक निर्विरोध भएका हुन् ।

त्यतिखेर भारी मतले निर्वाचित पौडेलसँग प्रतिस्पर्धाका लागि यसपटक कसैले पनि मनोनयन पत्र दर्ता गरेनन् । पौडेल बाहेक कसैको पनि मनोनयनपत्र दर्ता नगरेको हुँदा उनी निर्विरोध भएका हुन् । युलेस सिटीको प्लेस–६ का लागि पौडेलको मात्र उम्मेदवारी दर्ता भएको छ । प्लेस–५ का लागि भने चार जनाको उम्मेदवारी परेको छ । 

तीन वर्षअघि पौडेल निर्वाचित भएर आएपछि नेपाली समुदाय र अमेरिकी राजनीतिमा जोड्न पौडेलले निकै उच्चस्तरको भूमिका निर्वाह गर्दै आएका छन् । नेपाली समुदायमा मात्र नभएर श्वेत अमेरिकन, अश्वेत अमेरिकी, आप्रवासीहरुका बीचमा पनि पौडेल निकै लोकप्रिय भएका छन् । 

tika-2

सिटी, काउन्टीका हरेक कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउने पौडेलको विकल्पमा कसैले पनि उम्मेदवारी दर्ता गर्ने आँट गरेनन् ।  युलेस सिटी ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा पर्ने एउटा प्रमुख शहर हो । संसारकै पाँचौ व्यस्त एअरपोर्ट ड्यालस फोर्टवर्थ अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडिएको युलेस नेपालीहरुको रोजाईको सिटी हो । 

आउँदो नोभेम्बरमा राष्ट्रपति, सांसदको चुनाव हुने भएपनि सिटी काउन्सिल सदस्यको भने आउँदो मे महिना चुनाव हुँदैछ । सिटीका दुई काउन्सिल सदस्य हरेक वर्ष रिक्त हुँदै जाने नियमअनुसार यसवर्ष प्लेस ५ र ६ को निर्वाचन हुँदैछ । पौडेल निर्विरोध भएपछि अब प्लेस ५ को चुनाव मे ४ मा हुनेछ ।

निर्विरोध भएपछि सिटीका सबै मतदाताहरुलाई धन्यवाद दिँदै पौडेलले युलेसलाई आवास, व्यवसाय र सुरक्षाको हिसाबले उत्कृष्ठ सिटी बनाउन आफू निरन्तर लागिरहने प्रतिवद्धता जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप