अनस्क्रिन छोरीको निधनले भावुक बने आमिर खान
नयाँ दिल्ली । आमिर खानको करियरको सबैभन्दा ठुलो ब्लकबस्टर फिल्म हो ‘दंगल’ । यो फिल्मलाई सायद कमैले बिर्सिएलान् । सोही चलचित्रमा उनकी कान्छी छोरी बबिता फोगाटको भूमिका निर्वाह गरेकी अभिनेत्री सुहानी भटनागरको निधन भएको छ ।
आइतबार १९ वर्षको कलिलो उमेरमा सुहानी यो संसारबाट बिदा भइन् । उनको मृत्युको खबर सुनेर सबै स्तब्ध भएका छन् । आमिर खानको टोलीले पनि सुहानीको निधनमा शोक व्यक्त गरेको छ ।
सुहानीले बबिता फोगटको भूमिका खेलेर फ्यानहरूको मनमा आफ्नो छुट्टै पहिचान बनाएकी थिइन् । अचानक उनको मृत्युको खबरले सबै स्तब्ध भएका छन् । यो खबरलाई धेरैले पत्याउनै सकेका छैनन् ।
आमिर खानको टोलीले पनि सामाजिक सञ्जालमा अभिनेत्रीलाई श्रद्धाञ्जली अर्पण गरेको छ । सुहानी लामो समयदेखि दिल्लीको एम्स अस्पतालमा उपचाररत थिइन् । उनको निधनले बलिउडमा शोकको लहर छाएको छ ।
‘सुहानीको मृत्युबाट हामी निकै दुःखी छौँ । मृतककी आमा र सम्पूर्ण परिवारलाई हाम्रो गहिरो समवेदना । यत्तिको प्रतिभाशाली युवती, टिम खेलाडीलाई गुमाउनु हामी सबैको लागि ठुलो दुःखको कुरा हो । सुहानी बिना दंगल अधुरो हुन्थ्यो । सुहानी तिमी सधैँ हाम्रो मनमा एउटा तारा बनेर रहनेछौँ । तिम्रो आत्माले शान्ति पाओस् ।’ सुहानी भटनागरको अचानक मृत्युपछि आमिर खानको टिमले लेखेको छ ।
- सुहानीको कमब्याकको प्रतीक्षामा थिए फ्यानहरू
दंगल आएदेखि नै सुहानीका फ्यानहरू उनको कमब्याक कहिले होला भनेर उत्सुकतापूर्वक पर्खिरहेका थिए । उनी हरियाणाको फरीदाबादमा बस्थिन् । उनको सम्पूर्ण शरीरमा पानी जमेको थियो । १९ वर्षको अल्पायुमै उनको निधनले सबैलाई स्तब्ध बनाएको छ ।
खबरका अनुसार केही समय अगाडि सुहानीको दुर्घटना भएको थियो । यसमा उनको खुट्टा भाँचिएको थियो । उनी लामो समयदेखि उपचाररत थिइन् । उपचारकै क्रममा उनलाई दिइएको औषधीले रियाक्सन भयो अनि शरीरमा पानी जम्न थाल्यो । उनी लामो समयदेखि दिल्लीको एम्स अस्पतालमा भर्ना भएर बसेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव