‘चमेलीको पोई’ बाट नारायण त्रिपाठीको कमब्याक

काठमाडौँ । निर्देशक एभरेस्ट सूर्य बोहराको नयाँ फिल्म ‘चमेलीको पोई’ बाट चर्चित हास्य कलाकार नारायण त्रिपाठीले ‘कम ब्याक’ गर्ने भएका छन् । विगत लामो समयदेखि अमेरिका बस्दै आएका त्रिपाठी ‘चमेलीको पोई’ मा अनुबन्धित भएको जानकारी निर्देशक बोहराले दिएका हुन् ।
सन् २०२४ मै छायांकन गरी प्रदर्शनमा ल्याउने योजनाका साथ निर्देशक बोहराले शुक्रबार ‘चमेलीको पोई’ घोषणा गरेका हुन् । कमेडी जनराको ‘चमेलीको पोई’ मा अन्य कलाकार को को हुनेछन् भन्ने अहिलेलाई गोप्य राखिएको छ । निर्देशक बोहराले शनिबार आफ्नो फिल्ममा अमेरिका निवासी पुराना चर्चित हास्य कलाकार नारायण त्रिपाठीलाई भित्र्याएको जानकारी दिएका छन् ।
एक समय ‘प्रेमचरो’ को उपनामले चर्चित हास्य कलाकार त्रिपाठी र निर्देशक बोहराको दोस्ती निकै पुरानो हो । आफूले पहिला त्रिपाठीलाई विभिन्न नाटक,टेलिफिल्म हुँदै फिचर फिल्म ‘अग्नि परीक्षा’ मा समेत अभिनय गराएको स्मरण गर्दै ‘चमेलीको पोई’ मार्फत उनको ‘कमब्याक’ गराउन पाउँदा खुसी लागेको निर्देशक बोहराले बताएका छन् ।
हास्य प्रदान सामाजिक विषयको फिल्ममा त्रिपाठी एक प्रमुख भूमिकामा रहने छन् । अमेरिकामा पनि विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा आफ्नो हास्य प्रस्तुतिलाई निरन्तरता दिइरहेका त्रिपाठी सामाजिक कार्यहरूमा पनि उत्तिकै सक्रिय छन् । त्रिपाठीले अभिनय गरेको थुप्रै टेलिफिल्म तथा फिल्म अहिले पनि दर्शकको मनमस्तिष्कमा ताजै छ । यसअघि ‘अग्नि परीक्षा’,‘कान्छा’,‘मुटु’,‘ठुली’,‘भैरे’,‘श्री’ र ‘हेलो जिन्दगी’ फिल्म निर्देशन गरिसकेका बोहरा ‘चमेलीको पोई’ ले नेपाली समाजको एउटा वास्तविक पाटोलाई उजागर गर्दै भरपुर मनोरञ्जन र समाजोपयोगी सन्देश समेत प्रवाह गर्ने दाबी गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्षदेखि चिकित्सकको पर्खाइमा सर्पदंश उपचार केन्द्र
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित