नेपाल राष्ट्र बैंकले पेन्सन कोषको १४ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने
बिहीबार, १७ फागुन २०८०, ११ : ०४
काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको १४ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले इजाजत पत्र प्राप्त क, ख र ग वर्गका बैंकमा एक वर्षका लागि उक्त रकम मुद्दती निक्षेपमा राख्ने भएको हो ।
कूल निक्षेप मध्ये ११ करोड २० लाख रुपैयाँ वाणिज्य बैंकमा, २ करोड १० लाख विकास बैंक र ७० लाख रुपैयाँ ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा राख्न चाहेको केन्द्रीय बैंकले जनाएको छ ।
इच्छुक बैंक तथा वित्त कम्पनीले २०८० फागुन १८ गतेभित्र आवेदन दिनुपर्नेछ ।
२०८० चैत २ गतेदेखि राखिने निक्षेप २०८१ चैत १ गतेसम्म कूल ३६६ दिन मुद्दती राखिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण