नेपाल राष्ट्र बैंकले पेन्सन कोषको १४ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने
बिहीबार, १७ फागुन २०८०, ११ : ०४
काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको १४ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले इजाजत पत्र प्राप्त क, ख र ग वर्गका बैंकमा एक वर्षका लागि उक्त रकम मुद्दती निक्षेपमा राख्ने भएको हो ।
कूल निक्षेप मध्ये ११ करोड २० लाख रुपैयाँ वाणिज्य बैंकमा, २ करोड १० लाख विकास बैंक र ७० लाख रुपैयाँ ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा राख्न चाहेको केन्द्रीय बैंकले जनाएको छ ।
इच्छुक बैंक तथा वित्त कम्पनीले २०८० फागुन १८ गतेभित्र आवेदन दिनुपर्नेछ ।
२०८० चैत २ गतेदेखि राखिने निक्षेप २०८१ चैत १ गतेसम्म कूल ३६६ दिन मुद्दती राखिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन वायुको प्रभाव नेपालमा, आज यी प्रदेशमा हुनेछ वर्षा
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन रास्वपाका मन्त्रीले लेखे मन्त्रिपरिषद्को कार्यालयलाई पत्र
-
यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण
-
दुर्घटनाबाट बचाएको भन्दै शान्ति श्रीले दिइन् क्याप्टेन चन्दलाई धन्यवाद
-
उपेन्द्र यादवकै पक्षमा दृढताका साथ उभिन जसपा मधेस प्रदेशको आग्रह