१५ हजार मासिक तलब खाने कर्मचारीको घरमा ३० करोड भेटियो
नयाँ दिल्ली । भारतमा मासिक १५ हजार भारु तलब खाने एक व्यक्तिको घरमा ३० करोड भारु भेटिएको छ । ती व्यक्ति झारखन्ड सरकारका मन्त्री आलमगीर आलको निजी सचिवका नोकर हुन् ।
प्रवर्तन निर्देशनालय (ईडी)ले राँचीमा छापा मार्ने क्रममा नोकरको घरबाट २० देखि ३० करोड भारु नगद फेला पारेको हो । सोही घरमा अर्को एक स्थानबाट तीन करोड भारु बरामद भएको पनि बताइएको छ । सम्पत्ति शुद्धीकरण मामिलामा छानबिनका क्रममा आलमगीर आलमको नाम आएको थियो ।
आलमको मन्त्रालयमा भ्रष्टाचार भइरहेको र पैसा नोकरहरुको घरमा पठाइरहेको जानकारी ईडीले पाएको थियो । यही जानकारीका आधारमा ईडीले मन्त्रीका निजी सचिवको नोकरको घरमा छापा मारेको थियो । १० हजार भारु घुस लिएको मामिलामा छापा मार्दा करोडौं रकम भेटिएको बताइएको छ ।
गएको वर्ष झारखन्डमा कंग्रेसको राज्यसभाको सांसद र व्यापारी धीरज साहुको घरमा आय कर विभागले छापा मार्दा ३ अर्ब ५० करोड भारु भन्दा बढीको नगद बरामद भएको थियो । तर साहुले बरामद भएको रकम आफ्नो रक्सी कम्पनीको भएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण