१५ हजार मासिक तलब खाने कर्मचारीको घरमा ३० करोड भेटियो
नयाँ दिल्ली । भारतमा मासिक १५ हजार भारु तलब खाने एक व्यक्तिको घरमा ३० करोड भारु भेटिएको छ । ती व्यक्ति झारखन्ड सरकारका मन्त्री आलमगीर आलको निजी सचिवका नोकर हुन् ।
प्रवर्तन निर्देशनालय (ईडी)ले राँचीमा छापा मार्ने क्रममा नोकरको घरबाट २० देखि ३० करोड भारु नगद फेला पारेको हो । सोही घरमा अर्को एक स्थानबाट तीन करोड भारु बरामद भएको पनि बताइएको छ । सम्पत्ति शुद्धीकरण मामिलामा छानबिनका क्रममा आलमगीर आलमको नाम आएको थियो ।
आलमको मन्त्रालयमा भ्रष्टाचार भइरहेको र पैसा नोकरहरुको घरमा पठाइरहेको जानकारी ईडीले पाएको थियो । यही जानकारीका आधारमा ईडीले मन्त्रीका निजी सचिवको नोकरको घरमा छापा मारेको थियो । १० हजार भारु घुस लिएको मामिलामा छापा मार्दा करोडौं रकम भेटिएको बताइएको छ ।
गएको वर्ष झारखन्डमा कंग्रेसको राज्यसभाको सांसद र व्यापारी धीरज साहुको घरमा आय कर विभागले छापा मार्दा ३ अर्ब ५० करोड भारु भन्दा बढीको नगद बरामद भएको थियो । तर साहुले बरामद भएको रकम आफ्नो रक्सी कम्पनीको भएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रहरी जवानको हत्यामा संलग्न नाबालकसहित ७ जना सार्वजनिक
-
प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर २ बजेका लागि सर्यो
-
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल
-
लम्बियो प्रतिनिधिसभा बैठक बस्ने समय
-
संसद् रङ्गमञ्च जस्तो भयो, बोल्न निषेध गर्न पाइँदैन : सीके राउत
-
राजाभन्दा धनी प्रधानमन्त्री छन् यस देशमा