राष्ट्र बैंकले आज १३ अर्ब ४ करोडको ट्रेजरी बोलकबोल गर्दै
सोमबार, २१ फागुन २०८०, १० : ३३
काठमाडौँ । नेपाल राष्ट्र बैंकले फागुन २१ गते १३ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । मंगलबार अर्थात् फागुन २२ गते जारी गर्नेगरी राष्ट्र बैंकले ९१ दिने र १८२ दिनेगरी दुई किसिममा कूल १३ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।
तथापि, ट्रेजरी नयाँ नभएर पुरानै नवीकरण गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो ३ बजेसम्म ट्रेजरीका लागि अनलाइन आवेदन दिन सक्नेछन् । बैंकको सूचना अनुसार ९१ दिने ट्रेजरीका लागि ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ भने १८२ दिनेका लागि ७ अर्ब रुपैयाँ छुट्याइएको छ । उक्त ट्रेजरीको बोलकबोल आज दिउँसो ३ बजे हुनेछ ।
यसअघि राष्ट्र बैंकले फागुन १४ गते १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प र नेतान्याहुबिच बढ्यो दूरी
-
रास्वपा बागमतीको सभापति बन्न २१ हजार तिर्नुपर्ने
-
२ हजार जनाले लिए रोयल्टी
-
राजनीतिक र प्रशासनिक क्षेत्रमा ‘मुसा प्रवृत्ति’को बिगबिगी
-
राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक अधिकारीविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित
-
दुई हप्ताभित्र इरानमाथि पूर्ण विजयको घोषणा हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण