आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले आज १३ अर्ब ४ करोडको ट्रेजरी बोलकबोल गर्दै

सोमबार, २१ फागुन २०८०, १० : ३३
सोमबार, २१ फागुन २०८०

काठमाडौँ  । नेपाल राष्ट्र बैंकले फागुन २१ गते १३ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । मंगलबार अर्थात् फागुन २२ गते जारी गर्नेगरी राष्ट्र बैंकले ९१ दिने र १८२ दिनेगरी दुई किसिममा कूल १३ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । 

तथापि, ट्रेजरी नयाँ नभएर पुरानै नवीकरण गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो ३ बजेसम्म ट्रेजरीका लागि अनलाइन आवेदन दिन सक्नेछन् ।  बैंकको सूचना अनुसार ९१ दिने ट्रेजरीका लागि ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ भने १८२ दिनेका लागि ७ अर्ब रुपैयाँ छुट्याइएको छ । उक्त ट्रेजरीको बोलकबोल आज दिउँसो ३ बजे हुनेछ । 

यसअघि राष्ट्र बैंकले फागुन १४ गते १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप