आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
ब्रेकिङ

बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय

शुक्रबार, ०९ चैत २०८०, १६ : ५४
शुक्रबार, ०९ चैत २०८०

काठमाडौँ । सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले शुक्रबार सो निर्णय गरेको हो ।

‘बाँसबारी जुत्ता  कम्पनीको अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको छ’ भूमि सुधार तथा मालपोत कार्यालय डिल्ली बजारका अधिकृत छविलाल नेपालीले भूमि व्यवस्था मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने ।

उनले मालपोत ऐन २०३४ को दफा २४ अनुसार जग्गा नेपाल सरकारको भएको ठहर गर्दै सरकारको नाममा ल्याइएको बताए ।

कम्पनीका तत्कालीन अध्यक्षको निर्णयले २०४४ भदौ ६ मा ६ रोपनी र मंसिर १८ मा थप ४ रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा लगिएको थियो । सरकारको जग्गाको हक हस्तान्तरण गर्दा सरकारको स्वीकृति चाहिन्छ ।  १० रोपनी जग्गा फुटवेयरको नाममा लैजाँदा मन्त्रिपरिषद्ले निर्णय गरेको थिएन । 

सो जग्गा प्रकरणबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा  चाँदबाग रेसिडेन्सीका सञ्चालक अरुण चौधरी पक्राउ परी अदालतको आदेशमा छुटिसकेका छन् । सो जग्गा प्रकरणमा उद्योगी विनोद चौधरीसँग पनि बयान लिइसकिएको छ ।

पत्रकार सम्मेलनमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले व्यक्तिको नाममा लगिएका वा लाने प्रयत्न गरिएका राज्यको नाममा रहेको सम्पत्ति सरकार मातहत ल्याउने अभियान थालनी भैसकेको बताए ।

 

222

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप