शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

जापानी राजदूतावास पदाधिकारीद्वारा केएनपी जापानको फ्याक्ट्री अवलोकन

शनिबार, १० चैत २०८०, ०६ : ४६
शनिबार, १० चैत २०८०

काठमाडौँ । नेपालका लागि जापानी राजदूतावासका मिसन उपप्रमुख ताकाहिरो तामुराले वीरगन्ज, परवानिपुरमा अवस्थित केएनपीजापान प्रालीको फ्याक्ट्री अवलोकन भ्रमण गरेका छन्। 

भ्रमणका क्रममा केएनपीको हेल्थि होम पेन्ट्सको उच्च प्रविधि युक्त उत्पादन प्लान्ट देखेर हर्षित उपप्रमुख तामुराले फ्याक्ट्रिको सञ्चालन तरिका र सुविधाको तारिफ गरेका थिए।

उनले केएनपी जापानको सिसा रहित र न्यून भीओसी भएको पेन्ट्स उत्पादन गर्दै आम सर्वसाधारणहरूलाई स्वस्थ पेन्टको महत्त्व दर्साउने काम गरेकोमा मुक्तकण्ठले प्रशंसा गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप