उत्तरपुस्तिका हराएको विषयमा लापरबाही गर्नेलाई तुरुन्त कारबाही होस् : सांसद भट्टराई (भिडियोसहित)
काठमाडौँ । नेकपा एमालेकी सांसद विद्या भट्टराईले उत्तर पुस्तिका हराउनुमा चरम लापरबाही गर्ने जिम्मेवार व्यक्तिलाई तुरुन्त कारबाही माग गरेकी छन् । आइतबारको प्रतिनिसभा बैठकको शून्य समयमा उनले नजिता पर्खिरहेका विद्यार्थीलाई पुनः परीक्षा दिनुपर्ने अवस्था आउनु गम्भीर भएको बताइन् ।
‘०८० वैशाखमा स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य र फाउन्डेसन अफ एजुकेसनको परीक्षा दिएका विद्यार्थीहरू नतिजा पर्खिरहेका थिए,’ उनले भनिन्, ‘तर उनीहरुले नतिजा होइन उत्तर पुस्तिका हराएको र पुनः परीक्षा दिनुपर्ने निर्देशन सहितको सूचना त्रिविले प्रकाशित गरेको छ । १८३ विद्यार्थीको उत्तर पुस्तिका हराएको भन्ने समाचारले विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ । यसप्रकारणको चरम लापरबाही गर्ने जिम्मेवार व्यक्तिलाई तुरुन्त कारबाही समेत माग गर्दछु ।’
वार्षिक प्रणाली अन्तर्गतका चार वर्षे पढाइ हुने विषयको चार वर्षभित्रै नजिता प्रकाशित गर्ने नियम त्रिविले बनाए पनि कार्यान्वयन गर्न नसकेको सांसद भट्टराईको भनाइ थियो । ‘क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय व्यवस्थित बनाइ क्लस्टरिङ बेसिसमा कपी जाँच गर्ने प्रणाली विकास गरी समयमा नतिजा प्रकाशन गर्ने प्रणाली विकाश गर्न त्रिविको पुनर्संरचना गर्न सरकारको ध्यानाकर्षण गर्दछु,’ उनले भनिन् ।
गत वैशाखमा सञ्चालित बीए प्रथम वर्षको परीक्षा अन्तर्गत ‘पीओपी–४२२’ र ‘फाउन्डेसन अफ एजुकेसन’ विषयको १८३ परीक्षार्थीको उत्तर पुस्तिका हराएको थियो । त्रिविले उत्तर पुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । समितिलाई उत्तर पुस्तिका हराएको घटना के कसरी भएको हो भन्ने विस्तृत छानबिन गरी ३० दिनभित्र प्रतिवेदन दिन कार्यादेश दिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण