आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

ज्याला मजदुरी  गरेरै बालगृह चलाउने परिवारको कथा

शनिबार, २४ असार २०७४, १३ : ०४
शनिबार, २४ असार २०७४

काभ्रे–ज्याला मजदुरी गरेर पनि समाज सेवामा जुट्नेहरु छन् भन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ । त्यो पनि सिङ्गो परिवार नै । तर यो यथार्थ हो । काभ्रे जिल्ला पनौती नगरपालिकाका शंकर परियार र उनको परिवार ज्याला मजदुरी गरेर बिगत ६ बर्षदेखि समाजसेवामा तल्लीन छन् । 


दलित उत्पीडित कल्याण संघ नामक गैर सरकारी संस्था खोलेर उनको परिवारले यतिखेर पनौतीमा २० जना वालवालिकालाई हुर्काइरहेको मात्र छैन उनीहरुलाई उचित शिक्षा दिलाइरहेकोछ । संस्थाको नाउँमा ह्याप्पी चिल्ड्रेन हाउस नामक वालगृह संचालन गरिरहेका शंकरका पुरै परिवार वालगृहका लागि मजदुरी गर्ने गर्दछ । 


शंकर परियार पनौती चारमा प्रगति ट्रेलर्सका संचालक हुन् । केही बर्ष अघिसम्म उनी यही वालगृहका लागि अरुको पसलमा तलबमा काम गर्ने गर्दथे । अहिले उनको आफ्नै लुगाा सिउने पसल छ ।  उनी आफ्नो पसलमा आफैं लुगा सिउने  काम गर्छन् भने त्यहाँको कमाई वालगृहमा खर्च गर्छन् । उनकी श्रीमती सुभद्रा परियार संस्थाका लागि आर्थिक संकलन गर्न घर घर र पसल पसल चहार्ने गर्छिन् । उनकी छोरी सविना परियार पनौती ४ मै फेन्सी पसल खोलेर ब्यापार गर्छिन् पसलबाट भएको कमाई सविना पनि वालगृहमै खर्च गर्ने गर्दछिन् । शंकरका जेठो छोरा रामजी परियार चौकोटमा ज्यामी काम गर्ने गर्दछन् । उनी पनि आफुले कमाएको रकम वालगृहलाई सहयोग गर्दै आइरहेका छन् । 


शंकरलाइृ सुरु देखिनै वालवालिकाको क्षेत्रमा काम गर्ने ठूलो रहर थियो त्यसैले उनले संस्था संचालन गर्नु अघि विभिन्न क्षेत्रबाट दुःखमा परेका, अभिभावक गुमाएका वालवालिका बटुली आफ्नै घरमा पाल्न सुरु गरे । वालवालिको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले यसरी गैर कानूनी रुपमा वालवालिका नपाल्न भनेपछि उनले दलित उत्पिडित कल्याण संघ नामक गैर सरकारी संस्था दर्ता गरे । संस्था दर्ता गर्नु अघिनै उनको मा ६ जना वालवालिका थिए । संस्था दर्ता गर्नासाथ थप ६ जना वालवालिका थपिए ।

१२ जना वालवालिकालाई भाडाको घरमा राखी उनले हुर्काउन र पढाउन सुरु गरे । १२ जना वालवालिका हुर्काउन कतैबाट पनि सहयोग नजुटेपछि उनले ज्याला गरेरै बच्चा हुर्काउन थाले । लुगा सिउने काम गरी महिनाको ८ हजार कमाई गरी उनले वालवालिकालाई हुर्काउन थाले , उनकी छोरी सविना त्यती खेर कुवेतमा काम गर्थिन । विदेशमा छोरीले कमाएर पठाएको पैसा समेत शंकरले वालगृहमा खर्च गरे । ‘छोरीविदेश गएकाले वालगृह संचालन गर्न सजिलो भयो’,  उनले सुनाए । वालवालिका थपिदै गएपछि वालगृह संचालन गर्न कठीनाई भयो  । जसकारण उनले आफ्नी श्रीमतिलाई आर्थिक संकलन गर्न घर घर र पसल पसल दौडाए । कतिले सहयोग गरे  त कतिले बचन लगाएको उनी बताउँछन् । आफ्नै बच्चा पाल्न त गाह्रो हुन्छ यत्तिका बच्चा किन पालेको भनेर धेरैले उनलाई हप्काए पनि । कतिपयले नसक्नेले किन यस्तो काम गरेको पनि भने । रकम सकिएर कठनिाईमा परेको यो परिवारलाई वालगृह संचालन गर्न आछ्युआछ्उ पर्यो । छोरी विदेशबाट फर्केकी थिइन् । छोरीले कमाएको ७,८ लाख पनि वालगृहमै खर्च भइसकेको थियो ।  


त आँट म पु्¥याउछु भन्ने नेपाली उखान जस्तै त्यतीखेर स्वीजरल्याण्डका नागरिक हन्स जे किलर भए । आपतमा सहयोग गर्न गल्फ खेलाडी हन्स जे किलर भेटिए । गल्फ खेलका सोखिन हन्स जे किलरले आफ्नो पैसा गल्फ खेलेर उडाइरहेका थिए । उनले आफुले खर्च गरिरहेको रकमले २० जना वालवालिकालाई पालन पोषण गरी पढाउन सकिन्छ भन्ने थाहा पाएपछि उनी शंकरको संस्थालाई सहयोग गर्न तयार भए । बिगत ५ बर्षदेखि यो वालगृहलाई किलरले सहयोग गर्दै आइरहेका छन् । तर, सहयोग पाउँदा पनि शंकर र उनका परिवारले मजदुरीलाई भने निरन्तरता दिइरहेकै छन् । 


पनौती खरिवोटमा २ रोपनी जग्गा र त्यसमा बनेको एक घर महिनाको ४० हजारमा लिएर अहिले वालगृह संचालन भइरहेको छ । वालगृहमा अहिले २० जना वालवालिका छन् ।  वालगृहमा अहिले ४ बर्षदेखि १८ बर्षसम्मका वालवालिका छन् । १८ जना वालवालिका पनौतीकै ज्ञानज्योती वोडिङमा अध्ययन गरिरहेका छन् भने दुई जना वालवालिका बनेपाको ज्ञानकुन्ज कलेजमा प्लस टु अध्ययन गरिरहेका छन् ।

संस्थाको लागि यत्तिखेर भवन अभाव मुख्य समस्या रहेको संस्थाका केन्द्रिय अध्यक्ष शंकर परिवार बताउछन् । केही दाताले भवन बनाई दिने बताएका छन् तर संस्थाका लागि आवश्यक पर्ने जग्गा नभएकोले दाताहरुको सहयोेग लिन नसकिएको उनले बताए । संस्थामा अहिले केही कर्मचारीले भोलेन्टिएर सहयोग गरिरहेका छन् । किलर जस्तै केही सहयोगी दाताहरु भेटिए वालगृह संचालन गर्न थप सहज हुने परियार बताउँछन् । आफ्नो परिवारका सबै सदस्यलाई वालगृह संचालनकका लागि श्रम गराउने शंकर उदाहररिणीय व्यक्ति हुन् । सिङ्गो परिवारलाई नै समाज सेवामा होम्ने शंकरको परिवारबाट जोकोहीले पनि केही सिकोस् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दिनेश घिमिरे
दिनेश घिमिरे
लेखकबाट थप