‘फर्की फर्की’ सबै वर्गका दर्शकको लागि हो : जसिता
काठमाडौँ । अभिनेत्री जसिता गुरुङले फिल्म ‘फर्की फर्की’ सबै वर्गका दर्शकले हेर्न मिल्ने बनेको बताएकी छन् । फिल्म दर्शकले रुचाउने समेत उनको दाबी रहेको छ ।
‘फर्की फर्की’ जेठको १० गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मको प्रचारले अहिले उनलाई भ्याइ नभ्याई छ । सोही क्रममा रातोपाटीसँग पनि ठोकिएकी उनले फिल्मको विषय युवापुस्ता र उनीहरूको प्रेममा केन्द्रित भएता पनि अन्य मसला सबैलाई आकर्षित गर्ने रहेको बताइन् ।
‘यो हाम्रो पुस्ताको कथा हो । यद्यपि हाम्रो पुस्ताको प्रेम, त्यसमा आउने समस्यालाई अभिभावकलाई बुझ्न मद्दत समेत गर्छ’, उनले भनिन्, ‘यो परिवारले हेर्न मिल्ने रमकम बनेको छ ।’ फिल्ममा उनले ‘मिक्सोलोजिस्ट’को भूमिका निर्वाह गरेकी छिन् । उनी लन्डनबाट नेपाल फर्किएर आफ्नै काम रमाइरहेकी हुन्छिन् । त्यही क्रममा म्याडीको भूमिकामा रहेका अनमोलसँग उनको प्रेम र त्यसमा आउने उतारचढावले दर्शकलाई रोमान्चित बनाउँछ । ‘युवाको प्रेम र त्यसमा जोडिने भावनात्मक सम्बन्ध फिल्मको विषयवस्तु हो । पर्दा भित्रको कथाले पर्दा बाहिरका दर्शकलाई छुन्छ र आफ्नो लाग्छ’, उनले थपिन् ।
सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानी छ । फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माताको रूपमा छन् भने मोती कार्की र अनीरुद्र गिरी कार्यकारी निर्माताको रूपमा छन् ।
फिल्ममा अनमोल र जसिताको अलावा रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय छ । फिल्म ‘फर्की फर्की’लाई नरेन्द्र मैनालीले खिचेका हुन् भने सुरेन्द्र पौडेल यसका सम्पादक हुन् । रोमन बज्राचार्य र नरेन लिम्बु फिल्मका संगीतकार हुन् ।
फिल्ममा अष्ट महर्जनको एक्सन छ । फिल्म टाइम लुपको कथालाई उठान गरेको छ । फिल्मको सार्वजनिक ट्रेलर र गीतसङ्गीतले दिन प्रतिदिन लोकप्रियता हासिल गरिरहेको छ । केही समयपछि अभिनेता अनमोल केसीको फिल्म आउन लागेकोले यो फिल्म दर्शकको प्रतीक्षित सूचीमा छ । फिल्मले बक्सअफिस राम्रोसँग तताउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण