३४ लाख रुपैयाँ बराबरको केराउ र मकै बरामद
बिहीबार, २२ चैत २०८०, २१ : ३५

बुटवल । रुपन्देहीमा प्रहरीले अवैध रुपमा ल्याइएको ३४ लाख रुपैयाँ बराबरको खाद्य पदार्थ बरामद गरेको छ । बिहीबार प्रहरीले अवैध रुपमा ल्याइएको मटर केराउ र मकै बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका ४ सुगर मिल नजिकै UP 15 CT 8198 नं. को ट्रकबाट केराउ र मकै बरामद गरेको हो । उक्त खाद्य पदार्थ भारतबाट नेपालतर्फ चोरी पैठारी गरी ल्याउँदै गरिएको अवस्थामा बरामद गरिएको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार मटर (केराउ) ३०५ बोरा (१५२५) के.जी. रहेको छ भने मकै ४५ बोरा (२४७५ केजी) रहेको छ। ३४ लाख ११ हजार रुपैयाँ बराबरको बरामद सामान र सवारी साधन समेतलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको रुपन्देहीका प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले बताए । ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
आइतबार कस्ताे रहला तपाईँकाे दिन ? हेराैं आजकाे राशिफल
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
यस्ताे छ आज विदेशी मुद्राको विनिमयदर
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
बुर्तिबाङलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा