३४ लाख रुपैयाँ बराबरको केराउ र मकै बरामद
बिहीबार, २२ चैत २०८०, २१ : ३५
बुटवल । रुपन्देहीमा प्रहरीले अवैध रुपमा ल्याइएको ३४ लाख रुपैयाँ बराबरको खाद्य पदार्थ बरामद गरेको छ । बिहीबार प्रहरीले अवैध रुपमा ल्याइएको मटर केराउ र मकै बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका ४ सुगर मिल नजिकै UP 15 CT 8198 नं. को ट्रकबाट केराउ र मकै बरामद गरेको हो । उक्त खाद्य पदार्थ भारतबाट नेपालतर्फ चोरी पैठारी गरी ल्याउँदै गरिएको अवस्थामा बरामद गरिएको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार मटर (केराउ) ३०५ बोरा (१५२५) के.जी. रहेको छ भने मकै ४५ बोरा (२४७५ केजी) रहेको छ। ३४ लाख ११ हजार रुपैयाँ बराबरको बरामद सामान र सवारी साधन समेतलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको रुपन्देहीका प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले बताए । ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
-
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुवात
-
सिरुटार र बालकोटलाई गरियो बालमैत्री स्थानीय शासनयुक्त घोषणा
-
१० बजे १० समाचार : ओलीले पठाए आयोगमा पत्र, रास्वपाको प्रस्तावविरुद्ध आन्दोलनको तयारी
-
अफगानिस्तान केन्द्रबिन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प, कश्मीरदेखि दिल्लीसम्म धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण