आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
माैसम

विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह

शनिबार, १३ असार २०८३, २२ : ५०
शनिबार, १३ असार २०८३

सारांश

  • जल तथा मौसम विज्ञान विभागका अनुसार देशका विभिन्न भूभागमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ ।
  • हाल लुम्बिनी, गण्डकी र कोशी प्रदेशका थोरै ठाउँहरूमा तथा बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ ।
  • मौसम विभागले मेघगर्जन र चट्याङ्गसहित थप वर्षा हुने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।

काठमाडौँ । देशका विभिन्न भूभागमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले उपलब्ध गराएको जानकारी अनुसार, हाल लुम्बिनी, गण्डकी र कोशी प्रदेशका थोरै ठाउँहरूमा तथा बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ । यो मौसमी प्रणाली हाल उत्तर–पूर्वतर्फ सरिरहेको देखिएको छ ।

ती क्षेत्रहरू तथा त्यस आसपासका भूभागमा मेघगर्जन र चट्याङ्गसहित थप वर्षा हुने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन मौसम विभागले अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप