उच्च शिक्षाबारे शिक्षा मन्त्रालयले बनायो ४ वटा कार्यदल
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षासँग सम्बन्धित रहेर ४ वटा कार्यदल बनाएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले एक महिनाको कार्य प्रगति सार्वजनिक गर्दै उच्च शिक्षामा देखिएका समस्या र तिनको समाधान गर्न विभिन्न ४ वटा कार्यदल बनाएर काम भइरहेको बताइन् । ती कार्यदलहरूलाई १५ दिनको समय दिएर प्रतिवेदन पेस गर्न भनिएको छ ।
मन्त्रालयले छात्रवृत्ति सम्बन्धी कानुनहरूको पुनरावलोकन गर्ने सम्बन्धी उच्चस्तरीय समिति गठन गरेको छ । उक्त समितिमा विश्वविद्यालय अनुदान आयोग, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सदस्य छन् । उक्त कार्यदललाई एक महिनाभित्र प्रतिवेदन पेस गर्न भनिएको मन्त्री श्रेष्ठले बताइन् ।
त्यस्तै राष्ट्रिय परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका तर्जुमा सम्बन्धी समेत कार्यदल बनेको छ । उक्त कार्यदललाई १५ दिनको समय दिइएको छ ।
त्यस्तै विदेशी सम्बन्धनका कलेजहरूको व्यवस्थापन सम्बन्धी निर्देशिका संशोधन सम्बन्धी समेत कार्यदल बनेको छ । उक्त कार्यदललाई पनि १५ दिनको समय दिइएको छ ।
त्यस्तै शिक्षक सेवा आयोग नियमावली संशोधन गर्नका लागि समेत कार्यदल बनेको मन्त्री श्रेष्ठले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव