चन्द्रागिरि नगरपालिकामा ‘कपडा बैंक’ शुभारम्भ
काठमाडौँ । राजधानीको चन्द्रागिरि नगरपालिकामा ‘कपडा बैंक’ को शुभारम्भ गरिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा ‘क्लोथ ’ बैंक स्थापना गरिएको हो । प्रयोगमा नआएका कपडा र झोलालाई नगरपालिकाको मूल ढोका (गेट)मा रहेको ‘कपडा बैंक’ लगेर जम्मा गर्न सकिनेछ । यस्ता सङ्कलित कपडा र झोलालाई ‘क्लोथ एन्ड फुड’ बैंकले ‘रिसाइकल’ (पुन चक्रण) गर्नेछ । रिसाइकल गरिएका कपडा एवं झोलालाई आकर्षक ‘प्याकेज’ गरी बैंकले आफ्ना ‘शो रुम’ राख्नेछ । आवश्यक पर्ने जो कोहीले ‘शो रुम’मा गई यस्ता कपडा र झोला निः शुल्क लिन सक्नेछन् ।
साथै बैंकले विपन्न तथा गरिबलाई वर्गलाई उनीहरुको घरघरमै कपडा र झोला वितरण सुरुआत समेत गरिसकेको जनाइएको छ । काठमाडौँ उपत्यकाभित्र ‘कपडा बैंक’सञ्चालन गर्ने चन्द्रागिरि दोस्रो नगरपालिका हो । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, चन्द्रागिरि–४ वडाध्यक्ष एवं नगरप्रवक्ता कृष्णप्रसाद खड्गी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल र अभिनेता राजेश हमालले आज आयोजित कार्यक्रममा कपडा बैंकको शुभारम्भ गरे ।
अभिनेता हमालले कपडा बैंकका साथसाथमा खाद्यान्न बैंक स्थापनाको तयारी गरिएको जानकारी दिँदै कपडा बैंकबाट विपन्न समुदायलाई बढी फाइदा हुने बताए । ‘क्लोथ एन्ड फुड’का अध्यक्ष कमल जिसीले प्रयोगमा नआएका कपडा सङ्कलन गरेर ‘रिसाइकल’ गरी विपन्न तथा गरिब मानिसमाझ पु¥याउने उद्देश्यका साथ अभियान सुरु गरिएको बताए । उनका अनुसार बैंकले ‘रिसाइकल’ लागि बुटवल उपमहानगरपालिकामा कारखाना सञ्चालनमा ल्याएको छ भने १६० स्थानीय पालिकासँग सहकार्य गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी प्रकरणको छानविनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन
-
बालेनप्रति संकेत गर्दै ओलीले भने– सुकुम्वासीलाई हेप्ने र थर्काउने काम नगरौं
-
जापानी विदेशमन्त्रीको नेपाल भ्रमणको तयारी पूरा, के–के छन् एजेण्डा ?
-
सहकारी समस्या समाधानका लागि समिति गठन, अध्यक्षमा पूर्वन्यायाधीश गौतम
-
मुक्त कमैया समाजको तेस्रो राष्ट्रिय सम्मेलन कैलालीमा हुँदै
-
सहकारी प्रकरणको छानबिनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन