थापा र सिटौला पुगे बालुवाटार
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र राष्ट्रियसभा दलका नेता कृष्णप्रसाद सिटौला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । नयाँ बानेश्वरको लोत्सहलमा जारी संसदीय दलको बैठककै बिचमा थापा र सिटौला प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले छलफलका लागि कांग्रेस सभापति देउवालाई बोलाएका थिए । देउवाले प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न थापा र सिटौलालाई बालुवाटार पठाएका छन् । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेताहरूबिच संसद् बैठक सञ्चालन लगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ । कांग्रेसले सहकारी ठगीमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग राखेको छ ।
एक महिनादेखि कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै संसदमा विरोध गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइफोन १८ प्रोका तस्बिर र प्राविधिक विवरण डार्क वेबमा
-
बजेट विवादका कारण कोशी प्रदेशसभा बैठक पुनः स्थगित
-
‘कङ्गाल करोडपति’मा मुकुनको जोडी बन्दै सलिना
-
एआई चिप बनाउन ५७६ अर्ब डलर खर्च गर्दैछ दक्षिण कोरिया
-
अजय देवगनको आगामी फिल्म ‘चौहान’ विवादमा
-
भाडा नतिर्ने ४५ उद्योगको लाइन काटियो, दुई सातामा ४२ करोड बक्यौता असुल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण