बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

थापा र सिटौला पुगे बालुवाटार

मङ्गलबार, २७ चैत २०८०, १० : ३२
मङ्गलबार, २७ चैत २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र राष्ट्रियसभा दलका नेता कृष्णप्रसाद सिटौला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । नयाँ बानेश्वरको लोत्सहलमा जारी संसदीय दलको बैठककै बिचमा थापा र सिटौला प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएका हुन् । 

प्रधानमन्त्री प्रचण्डले छलफलका लागि कांग्रेस सभापति देउवालाई बोलाएका थिए । देउवाले प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न थापा र सिटौलालाई बालुवाटार पठाएका छन् । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेताहरूबिच संसद् बैठक सञ्चालन लगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ । कांग्रेसले सहकारी ठगीमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग राखेको छ । 

एक महिनादेखि कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै संसदमा विरोध गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप