मङ्गलबार, १५ जेठ २०८१
ताजा लोकप्रिय

‘भो अब तँ डाक्टर नपढ’

मङ्गलबार, २७ चैत २०८०, १२ : २०
मङ्गलबार, २७ चैत २०८०

आज एसईई परीक्षा सकिएको दिन, एसईई फलामे–ढोका भनी हजुरआमा र अरु क–कसले मेरो मानसपटलमा हालिदिएका थिए । खुबै मिहिनेत गरेर रात दिनको तयारी गरेँ, परीक्षा पनि राम्रै भयो । आज त टाउकोबाट एक मनको भारी बिसाएजस्तै छ । 

फ्री भएको महसुस भइरहेको थियो । घरमा हजुरआमाको स्वास्थ्य चेकअप गर्न विराटनगरकै नाम चलेको अस्पताल जाने कुरा भइरहेको थियो । मलाई पनि उहाँहरुसँग जान मन लागेको कुरा मैले बाबालाई भनेँ । बाबाले अनुमति दिएपछि उत्साहित हँुदै हतार–हतार कपडा लगाएर उहाँहरूको पछि लागेँ ।

लामो समयको स्कुले जीवनमा कहीँकतै जान नपाइने, सधैँ पढाइ छुट्ने चिन्ता मात्रै हुने । आज भने हलुङ्गो मन लिएर अस्पताल पुगेँ, जहाँ मेरो बाबाको पनि सपना डुलिरहेको छ, छोराले डाक्टर पढेर बिरामीको सेवा गरेर नेपाल नै बसेको हेर्ने । अझ हजुरआमाको त नातिलाई डाक्टर बनाएर आफ्नो उपचार नातिबाटै गराउने कम्ता रहर छ र !

उपचारमा जाँदा विभिन्न किसिमको चेक–जाँच गर्नुपर्ने भएकाले होला, चिया समेत नखाई बिहान ८ बजे नै घरबाट निस्केका थियौँ हामी । घरबाट मात्र १५ मिनेटको पैदल दूरीमा अस्पताल भएकाले होला, चेकपछि मात्र खाना खाने सल्लाह थियो हाम्रो ।

भर्खरै हिजो मात्र छाडेको विद्यालयको एसेम्ब्लीकै झल्को आउने गरी अस्पतालमा करिब सय–डेढ सय जना मानिस उभिरहेका थिए । बाबालाई सोधेपछि थाहा भयो, ओपीडी पुर्जा काट्ने आठ–दशवटा लाइनमा बिरामी घन्टौँदेखि उभिएका रहेछन् । 

‘पुर्जा काट्न कति पैसा पर्छ ?’ मैले बाबालाई सोधेँ । 

आमालाई पिसाबले च्याप्यो तर डाक्टर आएनन् । बाध्य भएर पिसाब फेर्नु भो, हामीलाई त पिसाब थाम्न गाह्रो हुन्छ, आमाको त ७५ वर्षको शरीर । अब केही समयपछि डाक्टर त आए तर पिसाब आएन । दिक्क मान्दै फेरि पानी पिएर एक घण्टापछि बल्ल यूएसजी गराइयो ।

निःशुल्क भएको बाबाले बताउनुभयो । ‘अनलाइन पुर्जा काट्ने व्यवस्था मिलाउन सकिँदैन र ?’ मैले जिज्ञासु हँुदै सोधेँ । 

किनकि मेरो भविष्यको रोजाइ पनि ‘आईटी इन्जिनियरिङ’ भएको हँुदा यत्रो अस्पतालले बिरामीलाई सशरीर उपस्थित गराई घन्टौँ लाइनमा उभ्याएको देख्दा मनै मानेन ।

मलाई अझ उदेक त त्यतिबेला लाग्यो, करिब ४५ मिनेट लाइनमा उभिएपछि पुर्जा हात प¥यो । सानोतिनो युद्ध जिते जतिकै महसुस गरी सिधै डाक्टर साबलाई भेट्न कार्डिओलोजी डिपार्टमेन्टतिर लाग्यौँ । डाक्टरको नेम प्लेट झुन्ड्याइएको कोठा छेउमा बसेकी महिलालाई मैले पुर्जा थमाएँ । जवाफ आयो— ३० जना पछाडि हुनुहुन्छ । करिब एक डेढ घण्टा पछि आउनू । 

हरे ! त्यति लामो समय कसरी बिताउने ? चिन्ता लिँदै थिएँ, मनमा एकपटक अन्यत्र पनि घुम्ने इच्छा जागेर आयो । 

बाबा र हजुरआमालाई त्यहीँ छाडेर फिजिसियन भएतिर गएँ । माछा बजारको भिड वा सोसरहकै हुलबाट बल्ल–बल्ल अगाडि बढेँ । डाक्टरको कोठामा पस्न दिन आग्रह गरेँ, टाडैबाट हेर्न मात्र पाइने भन्दै महिलाले सुटुक्कभित्र पस्न दिइन् । मनमनै धन्यवाद दिँदै कुनामा उभिएर हेरेँ। 

बिरामीले बोल्न र समस्या बताउन नपाउँदै उनी खै के कुन्नि लेख्नमा व्यस्त देखिन्थे । मानौँ उनीहरू भगवान् हुन् वा जादुगर, जसले हेर्नेबित्तिकै सारा समस्या बुझिहाल्छन् । अर्को अचम्मको कुरा त डाक्टर साबको कुर्चीकै छेउमा बसेका अर्का एकजना पनि बिरामीको पुर्जा हेर्दै बिरामीलाई सोध्दै हतार–हतार लेख्न व्यस्त देखिन्थे । उनले भएभरको टेस्ट गर्नका लागि पुर्जामा लेखिदिएका रहेछन् । मलाई अबोध बिरामीमाथि खेलबाड गरेको देख्दा मनमनै बेचैन भयो । पहिलोपटक सेवा प्रदायक निकायमा पुगी सरकारको उपस्थिति देख्दा अनेकौँ प्रश्न मेरा मनमा उब्जिए, तर सबै प्रश्न अनुत्तरित रहे ।

करिब एक घण्टा समय बिताएर पुनः हजुरआमा भएका ठाउँमा पुगेँ । पालो आउन अझ अत्तो–पत्तो छैन, न त बस्ने ठाउँ छ । अस्पतालको अस्तव्यस्त व्यवस्थापन देखेर छक्क पर्दै मैले सोसल किताबमा पढेको सम्झिएँ । ज्येष्ठ नागरिक, अशक्तलाई पहिलो प्राथमिकता दिनुपर्छ भनेको त स्कुलमा पढ्न र परीक्षामा उत्तर लेख्नका लागि मात्र पो हो कि जस्तो लाग्यो । 

भर्खरै परीक्षामा समय हेर्न चाहिन्छ भनेर नयाँ घडी किनेको थिएँ । समय हेरेँ—१२ बज्न लागेको थियो । भित्रबाट बोलावट भयो, हामी तीन जना नै एकैपल्ट भित्र पस्यौँ । 

हेर्दा मभन्दा पाँच–सात वर्ष मात्र सिनियर देखिने गोरा हंसमुख रहेछन् डा. साब तर छेउको अर्को कुर्चीमा बसेका व्यक्तिले पुर्जा आफूतिर तानेर के भएर आउनुभएको भनी प्रश्न गरे । मलाई डाक्टरबाहेक अरुलाई समस्या सुनाउन मन थिएन, तर आमाले समस्या सुनाउनु भो । समस्या थियो, एक सातादेखि दुवै खुट्टा सुन्निएका ।

बिहानदेखिका रिपोर्ट भेला गरियो । रिपोर्ट सबै भेला गर्दा ४ बजे छ । पुनः पालो कुर्दै साढे ४ बजे डाक्टर साबको दर्शन पाइयो र रिपोर्ट देखायौँ । डाक्टर साबले आमाको अनुहार हेरेर मुस्कुराउँदै भन्नुभो, ‘आमा तपाईंलाई केही भा छैन । एकपटक हाड जोर्नी र नसारोग विषेशज्ञलाई देखाउनुस् है ।’

ती डाक्टर हुन् कि सिक्न आएका सिकारु हुन्, तिनले हामीले स्कुलमा श्रुति लेखन लेख्दा सरले भनेको सुनेर लेखेजस्तै फटाफट लेख्न थाले र भने, ‘यसमा लेखिएको चेक गरी रिपोर्ट लिएर आउनू ।’ 

पुर्जा पाएपछि अनुमान लगाएँ, ती पनि डाक्टर नै रहेछन् । मात्र ११ वटा टेस्ट लेखिदिएछन् तर नाम नभएका बेनामे डाक्टर किनकि उनले लेखेको ठाउँमा त सामुन्ने बसेकै डाक्टरको छाप लगाएका थिए ।

पुर्जा पाएपछि बिल काट्न जानुपर्ने र फेरि उसरी नै लाइनमा बसेर करिब १५ मिनेटमा पालो आयो । १३ हजार रुपैयाँ बुझाउनुपर्ने भयो । पैसा बुझाई बिल लिएर ‘ब्लड सेम्पल’ दिएर ईसीजी र ईको गराइयो । अब जानुपर्ने भो यूएसजी गर्न । बिल दिएर पालो सोध्नु भो बाबाले । जवाफ आयो— करिब एक घन्टापछि पालो आउँछ । टन्न पानी पिएर आउनू । 

यूएसजी गर्न पिसाब लाग्नुपर्ने रहेछ । पानी पिउँदै पालो कुर्दै बस्यौँ । मैले सोधेँ, ‘सिस्टर ! ७५ वर्षको बिरामीलाई पनि पालो नै कुर्नुपर्ने ?’ धेरैपटकको अनुरोधपछि उनले दुई जनापछि बोलाउने जवाफ दिइन् । मख्ख परेर बस्यौँ । अफसोस ! पालो आउने बेलामा भित्रबाट जवाफ आयो— अब लन्च ब्रेक भो, २ बजेपछि आउनू ।

भोको पेट, बुढो शरीर उठ्न पनि नसकी मलाई भरोसा लिएर बिस्तारै उठेर आमाले भन्नुभयो, ‘भो अब घर जाउँ, चेक–सेक गराउँदिनँ, आफैँ निको हुन्छ ।’ नरमाइलो मान्दै हजुरआमालाई सम्झाउँदै भनेँ— आमा ! चेक त गराउनुपर्छ । बरु बाहिर गएर केही खाएर आउँ । 

बाहिर गएर खाजा खाएर एक घण्टा बिताएर आयौँ । आमालाई पिसाबले च्याप्यो तर डाक्टर आएनन् । बाध्य भएर पिसाब फेर्नु भो, हामीलाई त पिसाब थाम्न गाह्रो हुन्छ, आमाको त ७५ वर्षको शरीर । अब केही समयपछि डाक्टर त आए तर पिसाब आएन । दिक्क मान्दै फेरि पानी पिएर एक घण्टापछि बल्ल यूएसजी गराइयो । 

अब बिहानदेखिका रिपोर्ट भेला गरियो । रिपोर्ट सबै भेला गर्दा ४ बजे छ । पुनः पालो कुर्दै साढे ४ बजे डाक्टर साबको दर्शन पाइयो र रिपोर्ट देखायौँ । डाक्टर साबले आमाको अनुहार हेरेर मुस्कुराउँदै भन्नुभो, ‘आमा तपाईंलाई केही भा छैन । एकपटक हाड जोर्नी र नसारोग विषेशज्ञलाई देखाउनुस् है ।’ 

फेरि भोलि अर्को डाक्टरलाई देखाउने सल्लाह गर्दै घर फर्कंदै गर्दा मेलै बाबालाई सोधेँ, ‘बाबा ! अब म के पढूँ ?’ आमाले हतास स्वरमा भन्नुभयो, ‘भो अब तँ डाक्टर नपढ ।’

(विराटनगर– ३)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुव्रत बराल
सुव्रत बराल
लेखकबाट थप