फष्टलुक्समा यस्तो देखियो प्रदीपको एक्लो

काठमाडौँ । प्रदीप शाहीको निर्देशन रहने साईफाई–जोम्बी थ्रिलर फिल्म ‘एक्लो–१’ को फष्टलुक पोस्टर सार्वजनिक भएको छ । अभिनेता प्रदिप खड्काको मुख्य भूमिका रहेको फिल्मको पोस्टरमा पात्रको अनुहार लुकाएर स्पेस सुटमा प्रस्तुत गरिएको छ । स्पेससुटमा नेपालको झण्डा अंकित देख्न सकिन्छ । स्पेससुटमा अभिनेता प्रदीप रहेको निर्माण युनिटले जनाएको छ ।
निर्देशक शाहीले फिल्म ट्राइलोजी (तीन भाग) मा निर्माण हुने बताए । फिल्ममा प्रदीपका अलावा वेनिशा हमाल, विजय लामा, दीया पुन, कविता नेपाली, एवनराज उप्रेती तथा सुनिल थापाको मुख्य अभिनय रहनेछ ।
शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने फिल्ममा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहनेछ । हाल सेट डिजाइनको काम र प्री प्रोडक्सनको सुरुवात भई रहेको कार्यकारी निर्माता क्षितिज सुवेदी खत्रीले बताए ।
फिल्म साउनको अन्तिमबाट छायाङ्कनमा जाने तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महन्थ ठाकुरको अध्यक्षतामा मोर्चाको बैठक बस्ने
-
महेश थापा र लिलादेवी गड्तौला आयोग अध्यक्षका लागि सिफारिस
-
एक महिनामा भित्रियो १ खर्ब ४० अर्ब रेमिट्यान्स
-
बुढाथोकी बने राष्ट्रिय कर्मचारी सङ्गठनको अध्यक्षमा
-
कर्णालीमा प्रतिपक्ष : सरकारको गतिमति ठिक छैन
-
गहुँबाली भित्र्याउन किसानहरूलाई भ्याइनभ्याई (तस्बिरहरू)