बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ध्वनि प्रदूषण गराएको आरोपमा पोखराबाट प्लास्टिकका बाजा बरामद

बिहीबार, २९ चैत २०८०, १३ : १४
बिहीबार, २९ चैत २०८०

काठमाडौँ । कास्कीको पोखरास्थित लेक साइड र तेर्सापट्टिबाट प्रहरीले प्लास्टिकका बाजा बरामद गरेको छ । पोखरा महानगरपालिका–३ स्थित तेर्सापट्टिबाट ७१५ थान र लेक साइडबाट १२ सय थान बाजा बरामद गरिएको कास्कीका एसपी मोहन थापाले बताए ।

पोखरामा बिहीबारबाट फेवा महोत्सव सुरु हुँदै छ । महोत्सव स्थल र आसपासमा ध्वनि प्रदूषण गराएको आरोपमा प्रहरीले चर्को आवाज निकाल्ने प्लास्टिकका खेलौना बेचबिखनमा रोक लगाएको छ ।

चाडपर्व र मेलाहरूमा बेचविखन गरिने यस्ता बाजाहरूले ध्वनि प्रदूषण गर्ने हुनाले मानव स्वास्थ्यमा असर पर्ने गरेको गुनासो आएपछि बाजा नियन्त्रणमा लिइएको एसपी थापाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप