शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
टी–२० क्रिकेट

१९ रन बनाउँदै आउट भए दीपेन्द्र ऐरी

बिहीबार, २० वैशाख २०८१, १५ : २८
बिहीबार, २० वैशाख २०८१

काठमाडौँ । चौथो टी–२० क्रिकेटमा बिहीबार भ्रमणकारी टोली वेस्ट इन्डिज ‘ए’ ले दिएको दुई सय १० रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले छैटौँ विकेट गुमाएको छ । नेपालले छैटौँ विकेटका रूपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो ।

दीपेन्द्र १४ बलमा दुई चौकाको मद्दतले १९ रन बनाउँदै आउट भएका हुन् । उनलाई वेस्ट इन्डिजका बलर म्याथ्यू फोर्डले चाल्र्सद्वारा क्याच गराएका हुन् । १६.२ ओभरमा दीपेन्द्र आउट हुँदा नेपालले एक सय ५२ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप