सरकारले गर्यो सुन्तलालाई राष्ट्रिय फल घोषणा

काठमाडौँ । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले सो घोषणा गरेको हो ।
राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक) ले अनुसन्धान गरी सुन्तलालाई राष्ट्रिय फल बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव गरिएको थियो । सो प्रस्तावमाथि विभिन्न चरणमा छलफल गरी कृषि मन्त्रालयले मन्त्रीपरिषद्मा प्रस्ताव लगेको थियो ।
कुनलाई राष्ट्रिय फल घोषणा गर्न सकिन्छ, कुन फलको अवस्था के छ, त्यसको तथ्याङ्क, विवरण र विश्लेषण गरी फलफूल विकास केन्द्र कीर्तिपुरले कृषि मन्त्रालयलाई पठाएको थियो । त्यसकै आधारमा विश्लेषण गरेर मन्त्रालयले मन्त्रीपरिषद्मा लगेको हो ।
फलफूल विकास केन्द्रका प्रमुख राजेन्द्र कोइरालाका अनुसार, सुन्तलालाई राष्ट्रिय फल बनाउन २०७५–७६ तिर अध्ययन सुरु भएको थियो । पछिल्लो समयमा नयाँ शिराबाट अध्ययन भएको थियो । सुन्तला जातअन्तर्गत सुन्तला, जुनार, कागती, बिमिरो, भोगटे, निबुवा, मुन्तला, चाक्सी, संखत्र आदि फल पर्छन् ।
नेपालमा अहिलेसम्म खानयोग्य प्रमाणित भएका ८१ वटा फल छन् । नेपालमा आँप, सुन्तला, केरा, काफल आदिका विभिन्न जात पाइने गरेका छन् । यसमध्ये व्यावसायिक रूपमा ६० वटा जति फलको खेती गरिन्छ । तराईमा आँप, केरा, लिची आदि, मध्य पहाडको हकमा सुन्तला, कागती, जुनार, मोसम, भोगटे आदि र उच्च पहाडमा ओखर, स्याउ प्रमुख फल छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धार्मिक भावनामा चोट पुर्याएको आरोपमा हेमा मालिनीविरुद्ध उजुरी दर्ता
-
साफ यू–१९ पुरुष च्याम्पियनसिप : उर्जन श्रेष्ठ बने नेपाली टोलीको प्रमुख प्रशिक्षक
-
ईशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमतीले गण्डकी प्रदेशलाई हरायो
-
भिमगिठे इलाका प्रहरीको भवन निर्माण अन्तिम चरणमा
-
ऐन परविर्तन गरेरै गुठीपीडितको समस्या समाधन गर्ने प्रतिबद्धता
-
एनआरएनए सचिवालयलाई सर्वोच्चको चेतावनीयुक्त पत्र, ५ दिनभित्र आदेश कार्यान्वयन गर्न अल्टिमेटम