भारतमा एक्सका २ लाख खाता निषेधित
मङ्गलबार, ०४ वैशाख २०८१, ०९ : ५७

नयाँ दिल्ली । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको माइक्रो ब्लगिङ वेबसाइट एक्सले भारतमा २ लाख भन्दा बढी खाता रोक्का गरेको छ । आफ्नो नीति उल्लङ्घन गरेको भन्दै कम्पनीले यही फेब्रुअरी २६ देखि मार्च २५ को बीचमा भारतमा २ लाख १३ हजार खातामा प्रतिबन्ध लगाएको हो ।
बाल यौन शोषण र नग्नतालाई बढवा दिएको लगायत कारणले खाता बन्द गरिएका हुन् । यस बाहेक आतङ्कवादलाई बढवा दिने एकाउन्टमाथि पनि रोक लगाइएको छ ।
समीक्षा अवधिमा कुल २ लाख १२ हजार ६२७ खाताहरू प्रतिबन्धित भएको रिपोर्टमा उल्लेख गरिएको छ । केही खाताहरू भने एक्समा गैर कानुनी सामग्री शेयर गरिएका कारण प्रतिबन्धमा परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँध निर्माणमा ढिलाई भएपछि सात वडा विपद संकटग्रस्त क्षेत्र घोषणा
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग