शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

८ वटा अन्डा बराबर प्रोटिन पाइन्छ यो दालमा

शुक्रबार, ०७ वैशाख २०८१, १५ : ५८
शुक्रबार, ०७ वैशाख २०८१

काठमाडौँ । हाम्रो शरीरका लागि प्रोटिन निकै जरुरी तत्त्व हो । शारीरिक व्यायाम धेरै गर्ने वा जिम जाने व्यक्तिलाई मात्रै प्रोटिन चाहिन्छ भन्ने सोच धेरैमा व्याप्त छ । 

तर सामान्य जीवनयापन गरिरहेका महिला र पुरुषलाई पनि दिनहुँ निश्चित मात्रामा प्रोटिनको आवश्यकता पर्छ । यसबाट शरीरले कयौँ फाइदा पाउँछ ।

नेशनल एकेडेमी अफ मेडिशनका अनुसार प्रति किलो तौलको हिसाबले शरीरलाई शून्य दशमलव ८ ग्राम प्रोटिन चाहिन्छ । अर्थात् तपाईँको तौल ८० किलो तौल छ भने तपाईँले दिनमा ६४ ग्राम प्रोटिन खानुपर्छ । प्रोटिन अत्यावश्यक माइक्रोन्यूट्रिएन्ट हो । यो पूरै शरीरमा पाइन्छ । प्रोटिन २० भन्दा धेरै एमिनो एसिडबाट बनेको हुन्छ । मांशपेशी, हाड, कपाल र छालाको साथसाथै शरीरको हरेक तन्तुमा प्रोटिन पाइन्छ ।

नेपाली खानामा धेरैजसो कार्बोहाइडे«ेट्स हुन्छ । यो खानाले शरीरलाई आवश्यक प्रोटिन पूर्ति हुन्न । मासु खानेहरूलाई प्रोटिनको त्यति कमी नहोला तर शाकाहारीहरूमा यो समस्या धेरै हुन्छ । आज हामी यस्तो दालबारे कुराकानी गर्न गइरहेका छौँ जसमा ८ ओटा अन्डाको सेतो हिस्साभन्दा धेरै प्रोटिन हुन्छ ।

एउटा अन्डाको सेतो भागमा ३ ग्राम प्रोटिन पाइन्छ । अर्थात् ८ ओटा अन्डाको सेतो भागमा २४ ग्राम प्रोटिन पाइन्छ । सय ग्राम बोक्रासहितको मुगको दालमा २३–२४ ग्राम प्रोटिन पाइन्छ ।  बोक्रासहितको सय ग्राम मुगको दालमा करिब ३४५ क्यालोरी, १.४ ग्राम फ्याट, ६३ दशमलव ४ ग्राम कार्बोहाइड्रेट्स, ५.८ ग्राम चिनी, १७ दशमलव ३ ग्राम डाइट्री फाइबर पाइन्छ । यसमा भिटामिन सी, क्याल्शियम र आइरन पनि राम्रो मात्रामा पाइन्छ । यी सबै भिटामिन र मिनिरलहरु मिलेर यो दाललाई पावर हाउस बनाएको हो ।

मुगको दालमा फाइबर र प्रोटिनको मात्रा उच्च हुन्छ । यसबाट तौल कम गर्न मद्दत मिल्छ । आइरन र पोटोशियमले मुटुको स्वास्थ्यलाई सही राख्छ । ग्लाइसेमिक इन्डेक्स कम भएकोले मधुमेहका बिरामीलाई पनि यसले राहत दिन्छ । आइरनका कारण ब्लड सर्कुलेशन सही ठाउँमा रहन्छ । मशल्स बढाउन खोज्नेका लागि पनि यो दाल उपयोगी खानेकुरा हुन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप