शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ऐसले फर्निचर शोरुम अब नेपालमा

शुक्रबार, ०७ वैशाख २०८१, २१ : ०३
शुक्रबार, ०७ वैशाख २०८१

काठमाडौँ । विश्व प्रसिद्ध ऐसले फर्निचरले काठमाडौंको टेकुमा आफ्नो शोरुमको स्थापना गरी विक्री सुरु गरेको छ । ऐसले ब्राण्ड विश्वको सबैभन्दा ठुलो फर्निचर उत्पादक तथा विक्रेता मध्येको एक हो ।

गत १८ वर्ष देखि ऐसले अमेरीकाको सबैभन्दा विक्री हुने फर्निचर ब्राण्ड रहँदै आएको छ । ऐसलेको विश्वभरि ६६ राष्ट्रहरूमा १,१०० भन्दा बढि होमस्टेहरु छन् । ऐसलेको आधिकारीक विक्रेताको रुपमा एसएन जोशी एण्ड सन्स कम्पनी रहेको छ ।

टेकुस्थित ऐसलेको शोरुम ४,५०० स्क्वायर फिटमा फैलिएको छ भने ग्राहकहरुले विभिन्न आधुनिक रुपमा  लिभिङ्ग रुम, डाइनिङ्ग रुम, बेडरुमको साज सज्जा सहित चाहिने सर–सामानहरुको उपलब्धता रहने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप