शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

खड्काल्याण्डले प्रयोग गरेको स्काउटको जग्गा र भवनमा सिल गरेर सरकारले आतङ्क फैल्यायो : सांसद खड्का

शुक्रबार, ०७ वैशाख २०८१, २१ : १९
शुक्रबार, ०७ वैशाख २०८१

काठमाडौँ । नेपाली कांग्रेस सांसद दीपक खड्काले व्यवसायी माथि आतङ्क मच्चाएको आरोप लगाएका छन् ।  

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले स्काउटको जग्गामा बनाएको पार्टी प्यालेस लगायत सटरमा ताला लगाएर व्यवसायीहरूलाई आतङ्कित बनाएको आरोप लगाएका हुन् । 

बिहीबार सरकारले १५ वर्षदेखि कब्जा गरेको भन्दै लैनचौरस्थित स्काउटको जग्गा र भवनमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले सिल गरी नियन्त्रणमा लिएको थियो । तर सांसद खड्काले स्काउटको जग्गा आफूले नहडपेको दाबी गरे । उनले आफू खड्काल्याण्ड डेभलपमेण्ट प्रालिमा विगत दुई वर्षदेखि आबद्ध नरहेको भन्दै राजनीतिक प्रतिशोध साध्न राज्य लागेको आरोप लगाए । 

उनले स्काउटको जग्गा लिजमा लिएर व्यापारिक प्रयोजनका लागि अन्य व्यावसायिक संस्थाहरूलाई भाडामा लगाएको स्वीकार गर्दै स्काउटको भुक्तानी हिसाब गरेर तिर्न तयार रहेको बताए । उनले १५ वर्षअघि स्काउटले सटर बनाउन लिएको ऋण तिर्न नसक्दा आफूले जग्गा लिजमा लिएर सहयोग गरेको बताए । 

उनले अहिले राज्यले समय अवधि हुँदाहुँदै पनि व्यवसायीहरूलाई गरिखाने वातावरण समेत नदिएको आरोप लगाए । उनले जग्गा भाडामा लिएको १२ वर्षसम्म कुनै समस्या नभएको ठाउँमा एमालेको सरकार हुँदा स्काउटको कार्यकारी भूमिकामा लोकबहादुर भण्डारी आएपछि समस्या भएको बताए । 

उनले भण्डारी आएसँगै आफूहरू माथि विभिन्न हतकण्डाहरु अपनाएर हटाउने वा विस्थापित गर्ने योजनाका साथ लागेको दाबी गरे । उनले राती १० बजे विवाहको पार्टी चलिरहेको अवस्थामा राज्यले व्यवसायीहरूलाई आतङ्कित बनाउने गरी सिल गर्नु गैरजिम्मेवारी भएको बताए ।

उनले सरकारले सूचना समेत नदिई, बुझ्दै नबुझी व्यवसायी बन्द गर्नु गलत प्रक्रिया भएको बताए । उनले सरकारले  स्काउटको जग्गामा व्यवसाय गर्ने ४८ परिवारलाई व्यवसाय गर्न नदिएर आतङ्क फैल्याएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप