शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीको अर्थमन्त्री चुमान, दीपक मनाङे फेरि भौतिकमै

शनिबार, ०८ वैशाख २०८१, १० : १४
शनिबार, ०८ वैशाख २०८१

पोखरा । गण्डकीमा मुख्यमन्त्रीसँगै विना विभागीय मन्त्रीको शपथ खाएका दुई जनालाई मन्त्रालयको जिम्मेवारी तोकिएको छ । मुख्यमन्त्री खगराज अधिकारीले माओवादीका संसदीय दलका नेता समेत रहेका हरिबहादुर चुमानलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका छन् भने स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई भौतिक मन्त्रालय नै दिएका छन् ।

मुख्यमन्त्री कार्यालयबाट जिम्मेवारी तोकिएको पत्र प्रदेश प्रमुखको निवासमा पुगेको प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए । ‘पत्र आएको छ । सार्वजनिक बिदा भएकोले प्रमाणित गर्न समय लाग्छ,’ उनले भने, ‘चिठी खोल्दै छौँ । हेरौँ, अब कानुन अनुसार गर्ने हो । राय सल्लाह लिइरहेका छौँ ।’

अधिकारीले मन्त्रालय फुटाएर ९ वटा पुर्‍याएका छन् । बाँकी ७ वटा मन्त्रालय मुख्यमन्त्रीकै मातहत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप