शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एक दिनमा कति लिटर पानी पिउनुपर्छ ?

मङ्गलबार, ११ वैशाख २०८१, १४ : १६
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । पानी नपिई कोही बाँच्न सक्दैन । प्यास मेटाउन मात्रै होइन, शरीरका सबै कोशिकाले राम्रोसँग काम गर्न पनि पानी पिउनु पर्छ । दिनमा ३ लिटर पानी पिउनुपर्छ भनेर विज्ञहरू प्रायः बताउँछन् । तर कतिपय मानिसहरू यो भन्दा धेरै पानी पिउँछन् । कोही कोही त तिर्खै नलाग्दा पनि पानी पिउने गर्छन् ।

धेरै पानी पिउनुलाई ओभर हाइड्रेसन भनिन्छ । हरेक दिन हामीले कति पानी पिउनु पर्छ भन्ने निर्धारण गर्ने कुनै एउटै सूत्र छैन । तर, दिनमा ८ गिलास पानी पिउनु राम्रो मानिन्छ । आफू बस्ने वातावरण, व्यायाम, आहार, समग्र स्वास्थ्य र गर्भावस्था वा स्तनपान जस्ता अवस्थाका आधारमा हरेकले दैनिक पिउनु पर्ने पानीको मात्रा केही घटबढ हुन सक्छ ।

धेरै पानी पियो भने के हुन्छ ?

शरीरलाई चाहिने भन्दा बढी पानी पियो भने ओभर हाइड्रेसन हुन्छ । विशेष गरी डिहाइड्रेसन नहोस् भनेर अत्यधिक पानी पिउने खेलाडीहरूमा यो समस्या बढी देखिन्छ । साइकोजेनिक पोलिडिप्सिया नामक मानसिक समस्या भएका व्यक्तिले पनि चाहिने भन्दा बढी पानी पिउन सक्छन् । यसो गर्दा शरीरमा पानीका मात्रा एकदम धेरै हुन्छ तर सोडियम (इलेक्ट्रोलाइट)को मात्रा कम हुन्छ । अत्यधिक पानी पिउँदा रगतमा सोडियमको मात्रा कम हुन्छ । यो स्थिति घातक हुन सक्छ ।

वेबएमडीका अनुसार जब कसैले चाहिने भन्दा निकै धेरै पानी पिउँछ उसलाई वाटर प्वाइजनिङ, इन्टक्सिफिकेशन हुन सक्छ उसको वा मस्तिष्कको कार्य प्रणालीमा अवरोध हुन सक्छ । मस्तिष्कका कोशिकाहरू सहित शरीरका कोशिकाहरूमा धेरै पानी भएपछि यस्तो हुन्छ । पानी धेरै भएर कोशिकाहरू सुन्निन्छन् । मस्तिष्क कोशिकाहरू सुन्निएपछि यिनीहरूले मस्तिष्कमा दबाब सिर्जना गर्छन् । यस अवस्थामा मान्छेलाई झुम्म हुने र टाउको दुख्ने लगायत समस्या हुन सक्छ । यस्ता स्थिति बढ्यो भने यसले उच्च रक्तचाप, ब्राडीकार्डिया वा कम मुटुको दर जस्ता अवस्थाहरू निम्त्याउन सक्छ ।

सोडियम शरीरका लागि आवश्यक तत्त्व हो । यसले कोशिका भित्र र बाहिर तरल पदार्थको सन्तुलन कायम राख्न मद्दत गर्छ । जब शरीरमा पानीको मात्रा बढी भएर सोडियमको स्तर घट्छ, तरल पदार्थ कोशिकाहरूमा छिर्छन् । यसले गर्दा कोशिकाहरू सुन्निन्छन् । यदि स्थितिमा व्यक्ति मुर्छा पर्ने, कोमामै जाने वा मृत्यु हुने जोखिम पनि हुन सक्छ ।

धेरै पानी पिएपछि शरीरमा देखिने लक्षणहरू

पिसाबको रङ्गमा परिवर्तन – कसैले शरीरको आवश्यकता भन्दा निकै धेरै पानी पिउँछ भने उ ओभर हाइड्रेसनको सिकार हुन्छ । यसको असरले पिसाबको रङ्गमा पनि फेरिन थाल्छ । पिसाब फिक्का पहेँलो देखि चिया रङ्ग जस्तो देखिन थाल्छ । शरीरमा पानीको मात्रा बढ्दा यस्तो हुन्छ ।

बारम्बार पिसाब लागिरहनु –  सामान्यभन्दा धेरै पटक पिसाब आइरहेको छ भने पनि ओभर हाइड्रेसन हो । सामान्यतया दिनमा ६ देखि ८ पटक पिसाब आउनु सामान्य हो । तर यो भन्दा धेरै पटक पिसाब आउनु राम्रो होइन ।

तिर्खा नलागेपनि पनि पानी पिउने – तिर्खा नलागेपनि पनि बारम्बार पानी पिउनु पनि ओभरहाइडे«शनका लक्षण हो । आफ्नो शरीरलाई कति पानी ठिक हुन्छ भनेर बुझ्न सकियो भने अतिरिक्त पानी पिउनबाट बच्न सकिन्छ । शरीरलाई कति बेला पानी चाहिएको छ भन्ने सङ्केत शरीर आफैँले गर्छ । यसरी नै शरीर निर्मलीकरणसँग लड्न सक्छ । तिर्खा लाग्नु निर्मलीकरणको सङ्केत हो ।

वाकवाक लाग्नु वा बान्ता हुनु– ओभर हाइड्रेसनका कारण वाकवाकी लाग्ने, बान्ता हुने जस्ता समस्या हुन सक्छ । शरीरमा धेरै पानी भएपछि मिर्गौलाले पनि अतिरिक्त तरल पदार्थ बाहिर निकाल्न सक्दैन । यसरी शरीरमा पानी जम्मा हुन थाल्छ, जसका कारण बान्ता आउने, वाकवाकी लाग्ने, पखाला आदि जस्ता समस्या देखिन्छ ।

शरीरमा अत्यधिक पानीको कारणले गर्दा टाउको दुख्छ । हात, खुट्टा र ओठको रङ्गमा परिवर्तन आउन सक्छ । शरीर अति नै हाइड्रेटेड छ भने खुट्टा, हात र ओठमा सुन्निने वा फुङ्ग देखिन सक्छ । कोशिकाहरू सुन्निँदा छाला पनि फुल्न सक्छ । धेरै पानी पिउँदा शरीरमा इलेक्ट्रोलाइटको स्तर कम हुन्छ, जसका कारण शरीरको सन्तुलन बिग्रन्छ । कम इलेक्ट्रोलाइट कम हुँदा मांसपेशीहरू दुख्ने, बाउँडिने र कमजोर भएको महसुस हुन सक्छ ।

एक दिनमा कति पानी पिउनुपर्छ ?

दिनमा यति नै पानी पिउनु पर्छ भनेर कुनै गाइडलाइन छैनन् । तर शरीरलाई दैनिक कति मात्रामा पानी चाहिन्छ भन्ने कुरा व्यक्तिको शारीरिक गतिविधिको स्तर, मौसम, वजन, लिङ्गमा निर्भर गर्दछ । १९ देखि ३० वर्ष उमेरका महिलाहरूलाई दैनिक २ दशमलव ७ लिटर पानी पिउन सल्लाह दिइन्छ । समान उमेरका पुरुषले ३ दशमलव ७ लिटर पानी पिउन  भनिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप