शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा बसले स्कुटरलाई ठक्कर दिँदा किशोरीको मृत्यु

बुधबार, १२ वैशाख २०८१, १४ : ३६
बुधबार, १२ वैशाख २०८१

पोखरा । पोखरामा बसले स्कुटरलाई ठक्कर दिँदा एक किशोरीको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका १४ चाउथेमा गएराती बसले स्कुटरलाई ठक्कर दिँदा खसीबजारकी १९ वर्षीया खुसी प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा१प १३३८ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ग२४प ३२९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

ठक्करबाट पोखरा सिमलचौरकी २१ वर्षीया दिपीका गुरुङ घाइते भएको डीएसपी शर्माले बताए । घाइते गुरुङको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

स्कुटरलाई ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप